सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ उद्योग वाणिज्य संघको पदस्थापन

बागलुङ उद्योग वाणिज्य संघको पदस्थापन


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०८१, मंगलबार

बागलुङ/बागलुङ उद्योग वाणिज्य संघको १९ औं अधिवेसनबाट निर्वाचित पदाधिकारीको मंगलबार पदस्थापन भएको छ । शनिबार भएको मतदानबाट संघमा राजन कुमार शाक्य नेतृत्वमा आएको समितिलाई प्रमुख निर्वाचन अधिकृत भूमिश्वर गौतमले पदस्थापन गराएका हुन् ।

पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष शाक्यले उद्योग वाणिज्य संघलाई व्यवसायिक र सबैको साझा बनाउने प्रतिवद्वता जनाए छ । बागलुङ बजारको खस्किँदा व्यापार व्यवसायलाई बढाउने काममा अगुवाई गर्ने लगायत उनले पर्यटन प्रर्वद्धनमा पनि काम गर्ने योजना सुनाए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कल्पना गैरे, युवराज राजभण्डारी, उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका सदस्य दयाराम पौडेल, पुर्व अध्यक्षद्वय जयराम भारी, धु्रवराज गौतमले चुनाव प्राविधिक कुरा भएपनि उद्योग व्यवसायको प्रवद्र्वनमा व्यवसायीहरु एकजुट हुनुको विकल्प नरहेको बताएका थिए ।

निर्वाचनमा शाक्यले ६ सय ४४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमाकान्त शर्मा ‘बाबु’ले ५ सय १९ प्राप्त गरेका थिए । १ हजार ४ सय बढी मतदातामध्ये १ हजार १ सय ७८ मत खसेको थियो ।

सदस्यहरुमा भने दुवै तर्फका उमेदवार विजयी भएका छन् । उद्योग सदस्यतर्फ राम प्रसाद शर्मा र चुडामणी सापकोटा विजयी हुँदा महिला सदस्यहरुमा सबिता आचार्य, कमला पराजुली र सृजना राजभण्डारी विजयी भए ।

खुला सदस्यमा ऋषिराम गौतम, अकिल बहादुर केसी, अर्जुन प्रसाद कँडेल, इन्द्रमणी पौडेल, उमेश केसी, दिपक हमाल, चन्द्रराज रेग्मी, नविन कुमार श्रेष्ठ, बद्री ढुंगाना ‘दाह्री’, मनिष राजभण्डारी, राजु गौतम, श्रीजय श्रेष्ठ र सुदिपसागर कँडेल विजयी भएका थिए । दुवै अध्यक्षका उमेदवार कांग्रेस निकट हुन् । दुवै तर्फबाट विजयी हुने पनि अधिकांस कांग्रेस निकट व्यवसायी नै छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->