बागलुङ/सुविधा सहकारी र ग्राण्ड कोअपरेटिभ सर्भिसेस लि. बागलुङले एकीकृत कारोबार शुरु गरेका छन् । २०८१ चैत्र १ गते बागलुङ नगरपालिकाबाट एकीकरणको स्वीकृती पाएपछि सुविधा र ग्राण्ड कोअपरेटिभ सर्भिसेसले सहकारी स्थापना दिवसको अवसर पारेर बुधबारबाट औपचारिक रुपमा एकीकृत कारोबार शुरु गरेका हुन् ।
एकीकरणपछि सुविधा सहकारीको नामबाट कारोबार हुने जनाईएको छ । एकीकरणपछि संस्थाको शेयर सदस्य संख्या ६ सय ९७, शेयर पुँजी रकम २ करोड २४ लाख २९ हजार १ सय, बचत रकम ५ करोड ४९ लाख ३५ हजार ९ सय ४१ रुपैयाँ रहेको छ । यस्तै, विभिन्न कोष रकम ३७ लाख ९० हजार ३ सय ४ रुपैयाँ, ऋण लगानी रकम ६ करोड ७९ लाख ६३ हजार ९ सय ६८ रुपैयाँ र स्थिर सम्पतिमा ८ लाख ८२ हजार ६ सय ३५ रुपैयाँ रहेको संस्थाले जनाएको छ ।





