सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एकता सहकारीको कारोबार २ अर्ब २९ करोड

एकता सहकारीको कारोबार २ अर्ब २९ करोड


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०८१, आइतबार

बागलुङ/एकता सहकारी संस्थाको २६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले गत आर्थिक वर्षको आम्दानी खर्चको अनुमोदन गरेको छ ।

कोषाध्यक्ष पवनलाल राजभण्डारीले पेश गरेको आर्थिक प्रतिवेदन पारित भएको हो । राजभण्डारीले पेश गरेको प्रतिवेदनमा विगत ५ वर्षमा सहकारीले निक्षेप, ऋण, आम्दानी र खुद बचत पनि बढाएको देखिएको छ ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब २९ करोड, १८ लाख ९६ हजार रुपैयाँ कारोवार गरेको पनि जनाइएको छ । सहकारीहरुमा बढेको समस्याका बाबजुत एकताले चालु वर्षबाट शेयर सदस्य बढाउने, कर्जा जोखिम कोष बढाउने लगायतको निर्णय पनि गरेको हो ।

सहकारीले यो वर्ष २ हजार जना शेयर सदस्य पुर्याउने, खर्च कटौती गर्ने, ७० वर्ष पुरा भएका जेष्ठ शेयर सदस्यलाई चाडपर्व खर्च दिने, भाखा नाघेको ऋण घटाउने लगायतको निर्णय गरेको हो ।

अध्यक्ष धु्रबप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभामा सहसचिव सुनिता पुरीको प्रगती प्रतिवेदन पनि पारित गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->