सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मौलिक व्यापारको स्थल बन्दै चैतेदशैं मेला

मौलिक व्यापारको स्थल बन्दै चैतेदशैं मेला


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८१, सोमबार

बागलुङ/बागलुङ कालिका भगवती मन्दिर परिसरमा लागेको चैतेदशंै मेला मौलिक व्यपारको स्थल बनेको छ । मेलामा सयौं भक्तजनको उपस्थिति छ । मौलिक व्यापारका लागि पनि यो मेला उत्तिकै चर्चित छ ।

शनिबार सयौंंको भीडमा ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मौलिक सामाग्रीको बिक्री गरिरहेका छन् । किन्नेदेखि आर्कषक सामग्रीको फोटो खिच्नेहरु पनि उत्तिकै छन् । ग्रामीण क्षेत्रमा उत्पादन हुने निगालो, बाँस र बेतका सामग्रीले बजार पाएका हुन् ।

त्यस्तै ठेकी, फलामका सामग्रीसमेत बिक्रीमा छन् । ‘मैले त जानेदेखि नै डाली ल्याएर बेच्दै आएको छु, अहिले पनि हिउँदभर बुनेका सामान ल्याएको छु,’ बडिगाड गाउँपालिका ५ का ७८ वर्षिय शशिधर विकले भने, ‘माघे संक्रान्तिमा रिडी, चैतेदशंैमा बागलुङ कालिका नै हाम्रो बजार हो ।’ उनले घरबाट पनि निगालोका सामान बिक्री गरेको बताए । गत वर्ष चैतेदशैंमा ५० हजार कमाएका विकले यो वर्ष पनि घरखर्चको जोहो गर्ने बताए ।

चैत्र शुक्ल प्रतिपदादेखि नै मन्दिरमा चहलपहल सुरु भएकोमा गत बुधबारदेखि भने विशेष मेलाकै रुपमा मौलिक सामानको बिक्री गर्ने मेलाको रुपमा चिनिएको छ ।

ठेका, डाला र नाङ्ला किन्न पाइने भएकोले गाउँगाउँबाट सयौं आउने गरेका छन् । ताराखोलामा बनेका अल्लोका कपडादेखि किसानले उत्पादन गरेका मह र अन्य कृषि सामग्री पनि मेलामा बिक्रीमा छन् । किनमेलसहित झ्याउरे, गीत र पञ्चबली दिने र हेर्नेहरु पनि मन्दिरमा ओइरिएका छन् । मन्दिरमा जिल्ला मात्र नभइ देशभरबाट ५ लाखको हाराहारीमा आएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार १५९१ सालदेखि मन्दिर स्थापना गरेर यहाँ मेला र पूजा सुरु भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->