बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रभु बैंकको ‘एसएमइ एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’

प्रभु बैंकको ‘एसएमइ एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८१, सोमबार

पोखरा/प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले ‘एसएमइ एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना गरेको छ । गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमइ) र उपभोक्ता वर्गलाई लक्षित गरी हब स्थापना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बैंकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हबको उद्घाटन गरेका हुन् । ‘एसएमइ एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’बाट गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवद्र्धनमा सहयोग पु¥याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा उनले जोड दिए ।

हबले लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्नेछ । उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->