बागलुङ/ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालय, बागलुङ शाखाले बागलुङ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
गत साता भएको १९ औं अधिवेसनबाट निर्वाचित अध्यक्ष राजनकुमार शाक्य सहितका सदस्यलाई सम्मान र स्वागत गरिएको हो । कार्यक्रममा शाखकी संचालिका सावित्री दिदीले व्यवसायमा सत्कर्म गरेर नै समृद्दि ल्याउन सकिने बताइन् । उनले हरेक व्यवसायीलाई सफल बनाउने जिम्मा उद्योग वाणिजय संघको भएको भन्दै भौतिक विकाससँगै सामाजिक र मानसिक स्वास्थ्यमा ख्याल गरेर काम गर्न पनि सुझाव दिइन् ।
कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष राजनकुमार शाक्यले संघबाट व्यवसायिक हित र सामाजिक सेवाको काम पनि गर्ने प्रतिबद्दता जनाए । उनले जिल्लाको व्यवसाय बढ्दा पर्यटन, कृषि र अन्य उद्योग पनि बढ्ने भन्दै त्यसले व्यवसायीलाई स्वादेशमै बसेर काम गर्ने वातावरण पनि बन्ने बताए । कार्यक्रममा सबै व्यवसायी र सरोकारवालाको सहभागिता थियो ।





