सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ बहुउदेश्यीय सहकारीको २१ औं वार्षिक साधारण सभा

बागलुङ बहुउदेश्यीय सहकारीको २१ औं वार्षिक साधारण सभा


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०८१, शनिबार

बागलुङ/बागलुङ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको २१ औं वार्षिक साधारणसभा शनिबार बागलुङमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै सहकारीका संरक्षक सहदेव राजभण्डारीले सहकारी बिग्रिए धेरै जनाको परिवारसंगै घरबार पनि बिग्रने हुँदा संचालक र सेयर सदस्यहरु बीच सुमधुर सम्बन्ध हुनुपर्ने बताएका छन् ।

सहकारीमा केही समय आन्तरिक समस्या देखिए पनि संचालककै सक्रियताले त्यसलाई निवारण गरिएको बताउँदै राजभण्डारीले भने, ‘सेयर सदस्यले सहकारीलाई मजबुत बनाउन अफ्ठ्यारो पारेर होइन रचनात्मक साथ दिनुपर्छ ।’ सहकारीमा समस्या देखिए सेयर सदस्य र संचालकको छलफलमार्फत समाधान खोज्नुपर्ने राजभण्डारीको भनाई थियो ।

कार्यक्रममा बोल्दै सिवाईसी सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा, प्रगति सहकारीका अध्यक्ष कृष्ण प्रसाद पौडेल ‘कुमार’, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख अमृत श्रेष्ठ लगायतले सेयर सदस्यहरुले आफुहरु पनि सहकारीका मालिका हौं भन्ने सोचको विकास गरेमात्र सहकारीको लक्ष्य पुरा हुने धारणा राखेका थिए ।

सहकारीले वर्षभरि उत्कृष्ट कारोबार गर्ने चल्ती वचततर्फ गंगा कुमारी सापकोटा, आवधिक वचततर्फ भिम माया वझा, जेष्ठ नागरिक वचतकर्ता काजिरोशन, दैनिक वचततर्फ उपसना कँडेल, असल ऋणीतर्फ गंगाराम उपाध्याय, सहकारीका कर्मचारी सन्तोष अधिकारी र सुमित्रा सापकोटा शर्मासहित जनालाई नगदसहित सम्मान गरेको छ ।

साधारणसभामा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक महेन्द्र सिंह रायमाझीले संस्थाको प्रगति र लेखा प्रतिवेदन तथा कोषाध्यक्ष राजेन्द्र शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी शाक्य र संचालन ऋण सहायक सन्तोष अधिकारीले गरेका थिए । साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->