पोखरा/ पोखराको चिप्लेढुंगामा ‘लेट्स गो निप्पोन’ एजुकेशन प्रा.लि. कन्सल्टेन्सी सञ्चालनमा आएको छ । जापानमा दुई दशक बसेर नेपाल आएकी लक्ष्मी तामाङ (कोइराला) नेतृत्वको समुहले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा वैशाख १ गते उक्त कन्सल्टेन्सी संचालनमा ल्याएको हो ।
जापानमा उच्च शिक्षा हासिल गर्न जान चाहने, वर्किङमा र होटल म्यानेजमेन्टको इन्र्टनशिप गर्न चाहनेहरुको लागि कन्सल्टेन्सीले सहजीकरण तथा प्रशिक्षण समेत गराउने भएको छ । “हामी पनि पहिला बिद्यार्थी भिषाबाट जापान गयौं, हामी जापानमा बसेको करिब दुई दशक भन्दा बढी समय भएछ, अब आफ्नो गाउँ ठाउँबाट केही गर्नु पर्छ भनेर हामीले सिकेको आधारमा हामीसंग भएको अनुभव र जापानमा करिब २० वटा भन्दा बढी कलेजहरुसंग सहकार्य गरेकोले हामीले आवश्यक परेको खण्डमा रोजगारको अवसर दिने गरी तयारी गरेका छौं,” कोइरालाले भनिन् ।
कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रहेकी कोइरालाले जापानको जीवनशैली आफुले राम्रोसंग बुझेकोले जापान जाने युवालाई राम्रोसंग व्यवहारिक ज्ञान र सिप सिकाउन सक्ने दाबी गरिन् । जापानमा जनशक्ति अभाव भएकोले नेपालीहरुलाई अन्य देशका भन्दा फरक ढंगले हेर्ने हुँदा जापानको बारेमा राम्रोसंग सोध पुछ गरेर गएको खण्डमा विदेशमा नेपाली युवाहरुले दुःख नपाउने उनको भनाई छ । आमेया कम्पनी अफ जापानसँगको सहकार्यमा पोखरामा उक्त कन्सल्टेन्सी स्थापना गरिएको हो । कम्पनीको करिब दुई बर्ष अघि वुटवलमा शाखा स्थापना भएको थियो । कन्सल्टेन्सिले न्यूनतम ३ महिने प्रशिक्षण देखि एक बर्षको इन्टन हुदै प्लस टु मात्र उत्र्रिण गरेकाहरुको लागि ४ वर्षे कोर्ष अध्ययन गराउन पहल गर्ने भएको छ ।





