सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा गत वर्ष भएका २३ दुर्घटनामा १८ जनाको मृत्यु

बागलुङमा गत वर्ष भएका २३ दुर्घटनामा १८ जनाको मृत्यु


  • संजय रेग्मी
  • बैशाख ३ २०८२, बुधबार

फाइल तस्बिर

पर्वत/बागलुङ जिल्लामा गत वर्ष भएका विभिन्न २३ वटा दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक गङ्गाराम बि.क का अनुसार ती दुर्घटनाहरूमा १२ जना पुरुष र छ जना महिलाहरूको निधन भएको छ । यस्तै २० जना गम्भीर घाइते हुँदा २१ जना सामान्य घाइते भएका छन् ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार वर्षको पहिलो महिना वैशाखमा जिप तथा कार र मोटरसाइकल दुर्घटनामा पर्दा एक पुरुष र एक बालिका गरी दुई जना गम्भीर घाइते हुँदा एक पुरुष सामान्य घाइते भएका थिए । जेठमा भएका तीन वटा दुर्घटनामा तीन पुरुष र चार महिला गरी सात जना गम्भीर घाइते भए । सोही दुर्घटनाहरूमा परी एक पुरुष, सात महिला, दुई बालक र एक जना बालिका गरी ११ जना साधारण घाइते भएका थिए ।

यस्तै असारमा भएका दुई मोटरसाइकल दुर्घटनामा एक पुरुष गम्भीर घाइते भए। भदौ महिनामा एक पुरुष र दुई महिला गरी तीन जनाको निधन भयो। उक्त दुर्घटनामा एक पुरुष गम्भीर घाइते भएका थिए । वर्षभरिमा सबैभन्दा धेरै दुर्घटना कात्तिकमा पाँच वटा भएका छन् । यो महिनामा एउटा बस, तीन वटा कार तथा जिप र एउटा मोटरसाइकल दुर्घटनामा परेका थिए । यी दुर्घटनाहरूमा परेर चार जना पुरुष र तीन जना महिला गरी सात जनाको निधन भयो भने दुई जना गम्भीर घाइते र तीन जना साधारण घाइते भए ।

यस्तै मङ्सिरमा भएको भएका दुई ओटा दुर्घटनामा एक पुरुषको मृत्यु भयो भने अर्का एक पुरुष गम्भीर घाइते भएका थिए । पुसमा भएका दुई ओटा दुर्घटनामा परी एक पुरुषको निधन भयो भने एक पुरुष गम्भीर घाइते भएका थिए । माघमा भएको जिप तथा कार दुर्घटनामा परी दुई जना साधारण घाइते भएका थिए भने फागुनमा तीन दुर्घटनामा परी चार जनाको निधन भयो । ट्राफिक प्रहरीका अनुसार एउटा टिपर, एउटा कार तथा जिप र एउटा ट्र्याक्टर दुर्घटनामा पर्दा तीन जना पुरुष र एक जना महिलाको मृत्यु भएको थियो । सोही दुर्घटनामा पर्दा एक जना गम्भीर सहित तीन जना महिलाहरू घाइते भएका थिए ।

यस्तै वर्षको अन्तिम महिना चैतमा भएका विभिन्न पाँच वटा दुर्घटनामा पर्दा तीन दुई जना पुरुषको निधन भएको छ । ती दुर्घटनाहरूमा तीन पुरुष र एक महिला गरी चार जना गम्भीर घाइते हुँदा दुई पुरुष साधारण घाइते भएका थिए ।

एक वर्षको अवधिमा एउटा ट्र्याक्टर, डोजर तथा एक्स्काभेटर एउटा, बस एउटा, जिप तथा कार १४ ओटा, दुई ओट ट्र्याक्टर र सात ओटा मोटरसाइकल दुर्घटना भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->