बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कोरला नाकाबाट सरसफाइ अभियान शुरु

कोरला नाकाबाट सरसफाइ अभियान शुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०८२, बिहिबार

मुस्ताङ/ जिल्लाका सबै ५ वटै गाउँपालिकाको आयोजनामा ४ हजार ६१० मिटर उचाइमा रहेको नेपाल–चीन सीमा कोरला नाकाबाट बुधवारदेखि सरसफाइ अभियान सुरु गरिएको छ । धार्मिक तथा पर्यटकीय स्थानहरू, जलवायु संकट तथा वातावरणीय प्रदूषण न्यूनीकरण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पालिकाहरूले सरसफाइ अभियान चलाएका हुन्।

‘मौलिक संस्कृती र पर्यावरण बचाऔ, प्रदुषण घटाऔ, मुस्ताङ जिल्ला पर्यटकीय गन्तव्यको केन्द्र बनाऔ’ भन्ने नाराका साथ जिल्ला समन्वय समितिको समन्वय र गाउँपालिकाहरुको आयोजनामा लोमन्थाङ गाउँपालिकाको कोरला नाकादेखि अभियान शुरू भएको हो । यो अभियान बैशाख ५ गते थासाङ गाउँपालिकाको घाँसामा गएर समापन हुनेछ । जिल्लाका सबै पालिकाका धार्मिक, पर्यटकीय र व्यापारिक रूपमा बढी जनघनत्व तथा आवागमन भैरहने स्थानहरूमा केन्द्रित भई फोहोरमैला संकलन गर्ने व्यवस्थापन मिलाईएको छ ।

सरसफाई अभियानमा जिल्ला समन्वय समिति प्रमुख माया गुरूङ, उपप्रमुख आईतलाल थकाली, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचन, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरूङ र लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हुर्बु गुरूङ सहभागी छन् । यसैगरी जिल्ला समन्वय अधिकारी कीर्तनराज पौडेल, ५ वटै गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका तथा वडा सदस्यज्य, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरूको बाक्लो उपस्थित रहेको थियो ।

स्थानीयको पूर्ण साथ र सहयोग नरहेसम्म अभियानले सार्थकता नपाउने भन्दै ५ वटै गाउँपालिकाका लामा, मुखिया, समाजसेवी, तथा सचेत गाउँबासीहरू स्थानीय सरकारको यस सरसफाई अभियानलाई निरन्तरता दिदै मुस्ताङ जिल्लालाई सरसफाई राखी सभ्यताको पहिचान पालिकाहरुले पूर्ण आशा लिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->