बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आन्दोलनबाट फर्किएका शिक्षकको दुर्घटनामा निधन

आन्दोलनबाट फर्किएका शिक्षकको दुर्घटनामा निधन


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०८२, सोमबार

पोखरा/राष्ट्रिय शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी भएर फर्किएका एक प्रधानाध्यापकको सवारी दुर्घटनामा परी निधन भएको छ । दुर्घटनामा परी निधन हुने शिक्षक मनाङको नार्फु गाउँपालिका–८ का मन घले हुन् । उनी मनाङको नासोँ गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक थिए ।

शिक्षकहरूको आन्दोलनमा सहभागिता जनाउन काठमाडौं गएका घले फर्किने क्रममा तनहुँमा दुर्घटनामा परेका हुन् ।

आइतबार तनहुँको भानु नगरपालिका–१०, नेपालटारमा भएको स्कुटर र जीप दुर्घटनामा घलेले ज्यान गुमाएका हुन् । नेपाल शिक्षक महासंघले आफ्ना सदस्यसमेत रहेका घलेको निधनप्रति समवेदना व्यक्त गरेको छ ।

डुम्रे–बेँसीसहर सडकखण्डमा डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अशोक थापाले जानकारी दिए ।

सोही दुर्घटनामा स्कुटर पछाडि सवार लमजुङको बेँसीसहर नगरपालिका–८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->