सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

उद्योग वाणिज्य संघ बागलुङमा पदाधिकारी चयन

उद्योग वाणिज्य संघ बागलुङमा पदाधिकारी चयन


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८२, शुक्रबार

फाइल फोटो

बागलुङ/उद्योग वाणिज्य संघ बागलुङमा पदाधिकारी चयन भएका छन् । संघका नवानिर्वाचित अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षतामा शुक्रबार बसेको तेश्रो बैठकले पदाधिकारी चयन गरेको हो ।

बैठकले वरिष्ठ उपाध्यक्षमा ऋषिराम गौतम, प्रथम उपाध्यक्षमा नविन कुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा केशव वझा, महासचिवमा इन्द्रमणी पौडेल (अर्जुन), कोषाध्यक्षमा मनिष राजभण्डारी, उपमहासचिवमा अर्जुन प्रसाद कँडेल, सह–कोषाध्यक्षमा चन्द्रराज रेग्मी र महिला सचिवमा सृजना राजभण्डारी चयन भएको निवर्तमान अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

विधान अनुसार अध्यक्ष शाक्यले केशव वझा र मिना जिसी कँडेललाई सदस्यमा मनोनित गरेका छन् । थप दुई जना मनोनित गर्न बाँकी छ । विधानमा कार्यसमितिका पदाधिकारी सदस्य मध्येबाटै चुनिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->