बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम

पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८२, शनिबार

पोखरा/ पोखरा महानगरपालिका–२८ र कृषि संजालको आयोजनामा कृषि गीत प्रतियोगिता, बाली उपचार शिबिर तथा रैथानी बाली प्रदर्शनी सम्पन्न भएको छ ।

कृषि गीत प्रतियोगितामा मातृशिशु कृषि समूह प्रथम भएको छ । यस्तै काफलघारी पिपलडाली कृषक समूह द्वितीय, विमीरापानी कृषक समूह तृतिय र स्याङ्खुदी कृषक समूह सान्तवना पुरस्कार पाए । बिजयी समुहलाइ क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । कालिका महिला कृषक समूह भेषभुषातर्फ उत्कृष्ट हुदैँ नगद ५ हजार प्राप्त गर्यो ।

प्रतियोगिताका उत्कृष्ट समूहलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर प्रमुख धनराज आचार्य, वडाध्यक्ष श्रीकृष्ण लामिछाने, वडासदस्य लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १५ समूहको सहभागिता रहेको थियो । कार्यक्रमस्थालमा बाली उपचार शिविर पनि संचालन गरिएको थियो । शिविरमा वडाका कृषहरुले नगदेवालीमा भएका समस्या वारेमा प्राविधिकसंग परामर्श लिएका थिए । साथै रोगको पहिचान गरी उपचारका लागि परामर्श र औषधी वितरण गरिएको थियो । कार्यक्रममा वडामा उत्पादन हुने रैथानी बाली धान, मकैँ, जौँ लगायतका बिउबिजन प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख धनराज आचार्यले महानगरले कृषि र पशुपालनमा दिर्घकालिन योजना बनाएर अगाडी बढेको जानकारी दिए । उनले पछिल्लो समय महानगरमा नगदे बालीको उत्पादन बढेको र आयत प्रतिस्थापन हुदैँ गएको बताए । यस्तै महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरीयाले २८ नम्बर वडामा कृषिको विविधता रहेको बताए । धान, मकैँ, गहुँ, मरिच, मह, खशिबोका, दुध र तरकारी खेतीमा वडामा उत्पादन हुने गरेको कडरीयाले जानकारी दिए । कृषि ज्ञान केन्द्र, कास्कीका प्रमुख किरण सिग्देलले यहाँका जेठेबुडो लगायतका धानका बिउलाई जोगाएर राख्नुपर्ने बताए । उनले देशलाई खाध्यान्नमा आत्मनिर्भर बनाउने तर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो ।
वडानम्बर २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले ग्रामिण वडा भएकाले कृषि उत्पादन बढाउनका लागि वार्षिक कार्यक्रम संचालन गरिएको जानकारी दिए । किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रमहरु महानगर र वडामार्फत किसानको घरसम्म पुर्याइएको उनको भनाई थियो ।

कार्यक्रमका आयोजक कृषि संजाल पोखरा–२८ का अध्यक्ष राधाकृष्ण तिवारीले वडामा २० वटा कृषक समूह रहेको जानकारी दिए । संजाल मार्फत किसानका आवाजहरुलाई उठाउने र सरकारका नीति तथा कार्यक्रममा समूहलाई जोड्ने प्रयास गरिएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णबहादुर केसी, प्याब्सन उपाध्यक्ष विरबहादुर बुढाथोकी, लेखनाथ उद्योग वाणिज्य संघ महासचिव जानुका पराजुली, वडासदस्य डाल्ला देवी भुजेल र विरेन्द्र भण्डारी, नेकपा एमाले वडानम्बर २८ उपाध्यक्ष लक्ष्मी पौडेल, सानाकिसान कृषि सहकारी माझठानाका उपाध्यक्ष सिताराम तिवारीले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->