बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपाली कांग्रेसका सांसद योगेश गौचन थकाली एएफपीपीडीको युवा समिति अध्यक्षमा निर्वाचित

नेपाली कांग्रेसका सांसद योगेश गौचन थकाली एएफपीपीडीको युवा समिति अध्यक्षमा निर्वाचित


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०८२, सोमबार

काठमाडौँ/ नेपाली कांग्रेसका सांसद् योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी) को युवा समिति अध्यक्षमा निर्वाचित भएका छन्। यो निर्वाचन १५औँ महासभाको अवसरमा अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा भएको हो।

एएफपीपीडी एसिया–प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समितिका सांसदहरू मिलेर बनेको क्षेत्रीय सञ्जाल हो । यसले महिला, बालबालिका, युवा र वृद्धजस्ता कमजोर समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ। थकालीको निर्वाचनले जनसंख्या र विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बढ्दो नेतृत्व क्षमताको पुनः पुष्टि गरेको जनाइएको छ । युवा सशक्तिकरणको क्षेत्रमा उनले गर्दै आएको सक्रिय नेतृत्वका अतिरिक्त, थकालीले जलवायु संकटसम्बन्धी विषयहरूलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएका छन्। हाल ३२ वर्षीय थकाली मुस्ताङबाट प्रतिनिधि सभा सदस्य हुन् ।

उनले विभिन्न मञ्चहरूमा जलवायु संकटको आवाज बुलन्द गर्दै, दीगो र समावेशी नीतिहरूको आवश्यकता प्रतिपादन गर्दै आएका छन्।अध्यक्षमा निर्वाचित निर्वाचनपछि प्रतिक्रिया दिँदै थकालीले युवा आवाजलाई अगाडि बढाउने, समावेशी नीति प्रवर्द्धन गर्ने, क्षेत्रीय सहकार्यलाई बलियो बनाउने र जलवायु परिवर्तनका विरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मुस्ताङको थासाङ गाउँपालिका कालोपानीका योगेश कांग्रेस मुस्ताङ सभापति एवं पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। योगेशले एलाइन्स पुनमर सिटी बैंलोर भारतबाट बिजनेश म्यानेजमेन्ट विषयमा स्नातकसम्म अध्ययन गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->