शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेश अध्यक्षमा श्रेष्ठ

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेश अध्यक्षमा श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०८२, सोमबार

पोखरा/  नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा डा. रुपेश श्रेष्ठ निर्वाचित भएका छन । एशोसिएसनको चौंथो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन ।

यसैगरी उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिवमा डा. आशिष गौतम, सहसचिवमा डा. अशेषराज विक र कोषाध्यक्षमा डा.सन्तोष बास्तोला निर्वाचित भए । त्यसैगरी कार्यसमिति सदस्यहरुमा डा. प्रियंका भण्डारी, डा. समिक्षा फुँयाल, डा. आशिष बसौला, डा. विश्व गैरे, डा. शुवाष बेलवासे र डा. सुजन थापा मगर निर्वाचित भएका छन । यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीले भेटेरिनरी डाक्टरहरुले पशुपालक कृषकलाई सघाउने गरी काम गर्न आग्रह गरे ।

भेटेरिनरी एशोसिएसनमा आवद्ध डाक्टरहरुले पशुपालक कृषक र कृषिमा लागेकाहरुलाई सघाउ पुग्ने गरी काम गरेको खण्डमा कृषकहरुले त्यसबाट प्रत्यक्ष लाभ लिन सक्ने र राष्ट्रलाईनै फाइदा पुग्ने बताए । कृषि क्षेत्रमा सरकारले लगानी गरेको भएतापनि त्यसबाट फाइदा हुन नसकेको बताउदै तीन तहमा कार्यरत भेटेरिनरी डाक्टरहरुले एकजुट भएर सरकारको लगानीलाई प्रतिफल दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।
नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रिय अध्यक्ष रामकृष्ण खतिवडाले भेटेरिनरी डाक्टरहरु एकजुट भएर आफ्नो अधिकारका लागि जुट्नुपर्ने वेला आएको बताए । खतिवडाले अहिले पनि भेटेरिनरी डाक्टरहरुलाई सरकारले अन्य निजामति कर्मचारी सरह सेवा सुविधाहरु प्रदान गर्न नचाहेको बताउदै त्यसका लागि अन्य चिकित्सकहरुले जस्तै आन्दोलन गर्न समेत आफुहरु तयार रहनुपर्ने बताए ।

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकीका अध्यक्ष डा. राजेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि सूचना तथा प्रशारण केन्द्र हरिहर भवन ललितपुरका प्रमुख डा.रामनन्दन तिवारी, राष्ट्रिय पशुप्रजनन कार्यालय पोखराका प्रमुख एवं नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डा. जगदीश पाण्डेय, पशुपन्क्षी तथा मत्स्य बिकास निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाई भट्टराई, नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डा. मनोज कुमार शाह, नेपाल भेटेरिनरी एशोसिएसनका निवर्तमान केन्द्रिय अध्यक्ष डा. शितलकाजी श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन डा. अविनाश भट्टराइले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->