सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘तालिम लिए विदेशमा पुगेर पनि दुख पाइदैन’

‘तालिम लिए विदेशमा पुगेर पनि दुख पाइदैन’


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०८२, मंगलबार

बागलुङ/श्रम रोजगार बोर्डको सचिवालयको आर्थिक सहयोग र बागलुङ नगरपालिकाको आयोजनामा एक महिने विभिन्न प्रकृतिका सीपमूलक तालिम शुरु भएको छ ।

गार्मेन्ट मेसिन अपरेटर, किचन हेल्पर र जुनियर व्युिटसियन गरी तीन प्रकारका तालिम २६ दिन चल्नेछ । तालिम सकिएपछि तीन दिनको थप उद्यमशिलता विकास तालिम समेत संचालन हुने बागलुङ नगरपालिका रोजगार शाखाका प्रमुख रामचन्द्र गौतमले जानकारी दिए ।

मंगलबार बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले तालिमको उद्घाटन गरे । सो अवसरमा बोल्दै श्रेष्ठले काम ठूलो र सानो नहुने भन्दै जुनसुकै काम पनि मेहेनतले गर्न सकेमा आयआर्जन गर्न सकिने, स्वरोजगार र आत्मसम्मान बढाउन सक्दा वैदेशिक पलायन पनि रोकिने बताए । एकसय जनालाई संचालन गरिने तालिममा अधिकांस युवा सहभागि छन् ।

सीपलाई उत्पादन र रोजगारमा जोडेर बजारीकरण गर्नुपर्ने धारणा राख्दै श्रेष्ठले उद्यमीले उत्पादन गरेमा बजारीकरणमा नगरपालिकाले साथ दिने बताए । विदेश जानै खोजेका युवाले पनि यो तालिम लिएको खण्डमा विदेशमा पुगेर पनि दुख पाउन नपर्ने उनले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलको अध्यक्षता, रोजगार शाखा प्रमुख रामचन्द्र गौतमको संचालन र नगर उपप्रमुख राजु खड्काको स्वागतमा सम्पन्न कार्यक्रममा सहजकर्ता कलम थारुले पनि शुभकामना मन्तव्य राखेका थिए ।

तालिमका लागि थारु तथा चन्द्रकला थापा सहितका सहजकर्ताहरु सहभागि हुनेछन् । व्युटीसियन तालिम २ स्थानमा ६० जनाको लागि संचालन हुने छ । त्यस बाहेक अन्य तालिमहरु पनि बागलुङ बजार भित्रका विभिन्न स्थानमा संचालन गरिने छ ।

तालिमका लागि कान्तिपुर बहुप्राविधिक शिक्षालय प्रालि, वल्र्डलिंक टेक्नीकल ट्रेनिङ इन्स्टिच्युट, युनाइटेड टेक्नीकल ट्रेनिङ एजुकेशन र नवरत्न टेक्नीकल ट्रेनिङ इन्स्टिच्युट छनौट छन् । तालिमका लागि नगरपालिकाले अन्तरवार्तामार्फत प्रशिक्षार्थी छनौट गरेको जनाएको छ । पछिल्लो समय समाजमा व्युटीसियनको माग बढेको र विदेशमा पनि उनीहरुको महत्व बढेपछि अधिकांस महिलाहरुले यो पेशाको खोजी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->