बागलुङ/बागलुङ हस्तकला संघको आयोजनामा क्रिष्टलको लेडिज ह्याण्ड ब्याग बनाउने तालिम सम्पन्न भएको छ । बैशाख ७ गतेदेखि शुरु भएको ७ दिने तालिमको समापन गरिएको हो ।
कार्यक्रममा बागलुङ हस्तकला संघका संस्थापक संरक्षक प्रेम छोटा, संस्थापक अध्यक्ष इन्द्रकुमारी श्रेष्ठ, सल्लाहकार इश्वर मलेपती, संस्थाकी उपाध्यक्ष तथा तालिमका प्रशिक्षक ज्योती श्रेष्ठ, बागलुङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सनी केसी लक्ष्मण, विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मी र प्रशिक्षार्थी ऐलिना गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ हस्तकला संघका अध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजुको अध्यक्षता र महासचिव सम्झना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।





