शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सिद्धार्थ र नवलपुर उधोग वाणिज्य संघलाई पोखरा उधोग वाणिज्य संघको स्वागत

सिद्धार्थ र नवलपुर उधोग वाणिज्य संघलाई पोखरा उधोग वाणिज्य संघको स्वागत


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८२, शुक्रबार

पोखरा पोखरा उद्योग वाणिज्य संघले पोखरालगायत यस क्षेत्रको भ्रमणमा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ र नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई आफ्नो कार्यलयमा स्वागत गरेको छ ।
सिद्धार्थ तथा नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई छुट्टाछुट्टै स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखराले हालसम्म गरेका कामहरुको बारेमा जानकारी दिए । साथै पोखरा विमानस्थल निर्माणको लागि निजी क्षेत्रले दिएको दबाबमूलक आन्दोलनको स्मरण गर्दै यसको दिगो संचालनको लागि पोखरा उद्योग वाणिज्य संघले पहल गरिरहेको बताउदै सिचुवानको राजधानी छेन्दुबाट पोखरा सिधा उडानले पोखरा तथा भैरहवा विमानस्थल सन्चालन गर्न दबाव पुग्ने बताउदै नवलपुर क्षेत्रको समेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्णप्रसाद शर्माले नेपाल उद्योग वाणिज्य महासंघको आगामी अधिवेशनमा आफुले जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिन लागेकोले पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको अपेक्षा राखेको बताए । सिद्धार्थका अध्यक्ष नेत्रप्रसाद आचार्यले संगै जन्मिएका पोखरा तथा सिद्धार्थ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यका रुपमा रहेको बताए । कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ आचार्यले कोराला नाका सन्चालन भएमा गण्डकी प्रदेश लगाएत यस क्षेत्रका व्यवसायीहरुलाई धेरै फाइदा पुग्ने बताउदै नवलपुर तथा पोखरा उद्योग वाणिज्य संघले सहकार्य गरेर अघि बढ्नपर्ने बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले पोखरा तथा भैरहवा विमानस्थल सन्चालन गर्नको लागी यस क्षेत्रका उद्योग वाणिज्य संघले सरकारलाई दबाब दिनुपर्ने बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, पुर्व अध्यक्ष रामकुमार शर्मा, नवलपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष डासुराज पोख्रेल लगाएतले बोलेका थिए ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य तथा वाणिज्य उपाध्यक्ष बलराम आचार्र्यले धन्यवाद तथा संघका उपमहासचिव सुदीप प्रधानाङ्गको संचालन रहेको कार्यक्रममा संघका कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका पुर्व उप महासचिव हिरा भट्टराई कार्यसमिति सदस्यहरु जीवनकुमार श्रेष्ठ,नविन नापित दुर्गा बराल, प्रदिप राज भण्डारी टिकाराम सुवेदी मनोहरि पौडेल रामचन्द्र तिमल्सेना लगायतको उपस्थिति रहेको थियो । छुट्टाछुट्टै गरिएको स्वागत तथा छलफल कार्यक्रमका सहभागीले विभिन्न सुझावहरु समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->