बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोउवा संघमा सिद्धार्थ र नवलपुरको प्रतिनिधि मण्डल

पोउवा संघमा सिद्धार्थ र नवलपुरको प्रतिनिधि मण्डल


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८२, शनिबार

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले पोखरालगायत यस क्षेत्रको भ्रमणमा रहेको सिद्धार्थ उधोग वाणिज्य संघ तथा नवलपुर उधोग वाणिज्य संघको प्रतिनिधिमण्डलाई आफ्नो कार्यलयमा स्वागत गरेको छ ।
सिद्धार्थ तथा नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलाई छुट्टाछुट्टै स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले हालसम्म गरेका कामहरुको बारेमा जानकारी दिए । अध्यक्ष कार्कीले पोखरा विमानस्थल निर्माणको लागि निजी क्षेत्रले दिएको दबाबमूलक आन्दोलनको स्मरण गर्दै यसको दिगो संचालनको लागि पोखरा उधोग वाणिज्य संघले पहल गरिरहेको पनि बताए । चीनको सिचुवानको राजधानी छेन्दुबाट पोखरा सिधा उडानले पोखरा तथा भैरहवा विमानस्थल संचालन गर्न दबाव पुग्ने बताउँदै त्यसले नवलपुर क्षेत्रको समेत प्रवद्र्धन हुने उनले बताए ।

कार्यक्रममा बोल्दै लुम्विनी उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा सिद्धार्थ उधोग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद शर्माले नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला तथा नगरका समस्याहरुबारे बोल्नुपर्ने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सँगसँगै जन्मिएका पोखरा तथा सिद्धार्थ उधोग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यका रुपमा रहेको बताए । कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ आचार्यले कोराला नाका सन्चालन भएमा गण्डकी प्रदेश लगायत यस क्षेत्रका व्यवसायीहरुलाई धेरै फाइदा पुग्ने बताउँदै नवलपुर तथा पोखरा उद्योग वाणिज्य संघले सहकार्य गर्दै अगाडि बढ्नु पर्ने बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका निर्वतमा अध्यक्ष पवनकुमार प्रजापतिले पोखरा तथा भैरहवा विमानस्थल सन्चालन गर्नको लागि यस क्षेत्रका उद्योग वाणिज्य संघले सरकारलाई दबाब दिनुपर्ने बताए । कार्यक्रममा सिद्धार्थ उधोग वाणिज्य संघका निर्वतमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, पूर्वअध्यक्ष रामकुमार शर्मा, नवलपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष डासुराज पोखरेललगायतले बोलेका थिए ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य तथा वाणिज्य उपाध्यक्ष बलराम आचायले धन्यवाद तथा संघका उपमहासचिव सुदीप प्रधानाङ्गको संचालन रहेको कार्यक्रममा संघका कोषाध्यक्ष मनोजकुमार श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका पूर्वउप महासचिव हिरा भट्टराई कार्यसमिति सदस्यहरु जीवनकुमार श्रेष्ठ,नविन नापित दुर्गा बराल, प्रदीपराज राजभण्डारी टिकाराम सुवेदी मनोहरि पौडेल, रामचन्द्र तिमल्सेना लगायतको उपस्थिति रहेको थियो ।

छुट्टाछुट्टै गरिएको स्वागत तथा छलफल कार्यक्रममा सिद्धार्थ,नवलपुर तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले विभिन्न सुझावहरुसमेत राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->