बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उर्जा राज्यमन्त्री गर्बुजाले लिए सपथ

उर्जा राज्यमन्त्री गर्बुजाले लिए सपथ


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८२, आइतबार

म्याग्दी/ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजाले आइतबार शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ खुवाएका हुन् ।राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पुगेर समेत पदभार ग्रहण गरेका छन् ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिनिधिसभामा म्याग्दीबाट निर्वाचित गर्बुजालाई गतबर्षको पुस महिनामा म्याग्दी महोत्सवको उद्घाटनका लागि आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य गर्बुजालाई मन्त्री बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनलाई मन्त्रीपरिषद्मा लैजाने प्रतिबद्धता देउवासँगै पराष्ट्रमन्त्री आरजु राणाले समेत गरेकी थिइन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम निवासी गर्बुजा पूर्व बेलायती सेना समेत हुन् । उनले गोर्खा सेनाबाट अवकास लिएपछि राजनीतिमा सक्रिय भएका थिए । संविधानसभा दोस्रो र प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएपनि राजनीतिमा सक्रिय थिए ।

नेपाली कांग्रेस म्याग्दीका दोस्रो कार्यकालका लागि सभापति समेत रहेका गर्बुजाले कांग्रेसको शक्ती म्याग्दीमा बढाउन निकै भूमिका समेत खेलेका थिए । गएको प्रतिनिधिसभामा निर्वाचित भएका गर्बुजा पार्टी सभापति देउवा निकट मानिन्छन् ।

बेलायती सेनाबाट अवकाश प्राप्त हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसमा सक्रिय गबूर्जाले २०५४ सालमा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमीएका खम्बीर गर्बुजाको जन्म २०२२ सालमा रघुगंगा गाउँपालिकाको वडा नं ४ मा पर्ने दग्नाम गाउँमा भएको थियो।बुबा चकबीर गर्बुजा र आमा कृष्णकुमारी गर्बुजाको कोखबाट जन्मिएका थिए ।

यसैबीच सपथग्रहणपछि राज्यमन्त्री गर्बुजाले म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका जलविद्युुत सहितका कार्यहरुलाई तिब्रता दिने बताए । उनले आफ्नो कार्यकालमा सक्ने सबै योजनाहरुमा सक्रियतापूर्वक सहभागि भएर नमुना कार्य गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->