शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

भगवतीटारका महिलाले बनाए सिस्नोबाट साबुन

भगवतीटारका महिलाले बनाए सिस्नोबाट साबुन


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८२, बुधबार

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नं. १२ मा रहेको भगवती बहुउद्धेश्यीय सिकाई केन्द्रले वडा नं. १२, ११ र १० का महिलाहरुलाई उद्यमी बनाउन भन्दै सिस्नोको साबुन बनाउने लघु उद्यमी ५ दिने तालिम दिएको छ ।
मादी गाउँपालिकाको सहयोग र मादी–१२ को समन्वयमा श्री भगवती बहुउद्देश्यीय सिकाई केन्द्रको आयोजनामा संस्थाको भवन भगवतीटारमा प्रदान गरिएको तालिममा सिस्नोको साथै मेवा, तितेपाती, ध्यू कुमारी, लगाएतका जडिबुटि जन्य सामाग्री प्रयोग गरी साबुन वनाउन सिकाईएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै मादी गाउँपालिका प्रमुख देविजंग गुरुङले सिक्नका लागि मात्रै सिप सिक्ने बानीले गर्दा हामी नेपालीहरु पछि परेको बताउँदै सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गरे । समूह बनाई व्यवसायिक रूपमा सामाग्री उत्पादन गर्न प्रोत्साहन गर्दै उनले बिक्री वितरणका विषयमा बजार व्यवस्थापनको जिम्मा गाउँपालिकाले लिने प्रतिवद्धता समेत व्यक्त गरे । महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष महेन्द्र प्रसाद पौडेलले बताए । उनले वर्तमान समयमा महिलाहरू चुलो चौकोमा मात्र सिमित नभई व्यवसायिक रूपमा अघि बढि घर तथा समाजको आर्थिक विकासमा पनि योगदान दिन सक्षम रहेको धारणा राखे ।

कार्यक्रममा मादि गाउँपालिका वडा नं १२ का कार्यबाहक अध्यक्ष लक्ष्मी गिरी, वडा नं ११ वडा सचिव अरुण पौडेल, संस्थाका सल्लाहकारहरु पदम प्रसाद पौडेल र इन्द्रबहादुर खत्री, प्रशिक्षकद्वय सागर कार्की र शोभा कंडेल, दरबारथोक मिडिया प्रा.लि.का अध्यक्ष कृष्ण रानाभाट, प्रशिक्षार्थीहरु नारायणी पौडेल र इन्द्रमाया तामाङले बोलेका थिए । सिकाई केन्द्रका महेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कुमुलता सुवेदी र सञ्चालन सचिव तुलसी आचार्यले गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->