बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा युवा संघका नेताबीच झडप

पर्वतमा युवा संघका नेताबीच झडप


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०८२, बुधबार

पर्वत/नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताबीच झडप हुँदा गण्डकी प्रदेश सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल ‘निर्जन’ र धुब्र श्रेष्ठ घाइते भएका छन् । घाइते निर्जनको टाउकोमा चोट लागेको छ । उनको स्थानीय शान्तिदिप अस्पताल पर्वतमा उपचार भइरहेको छ ।

राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिना र पूर्वमन्त्री पदम गिरी पक्षबीच बुधबार पार्टी कार्यालयमा आयोजित युवा संघको अधिवेशनको विषयलाई लिएर भएको विवाद झडपमा परिणत भएको थियो । एमाले स्रोतका अनुसार तिमिल्सिना पक्षले अधिवेशन केही समय सार्नुपर्ने र गिरी पक्षले आजै गर्नुपर्ने अड्डी कसेपछि दुई पक्षबीच झडप भएको हो ।

गिरी पक्षले युवा संघको अध्यक्ष विनोद थापा भएपनि उपाध्यक्ष आशिष श्रेष्ठको अध्यक्षता र उपसचिव धुब्र श्रेष्ठको सञ्चालनमा उद्घाटन कार्यक्रम सुरु गरेको थियो । तिमिल्सिना पक्षका युवाले अधिवेशन रोक्न माग गर्दै कार्यक्रमस्थल पुगेपछि दुई पक्षबीच झडप भएको एमालेका एक नेताले जानकारी दिए ।

एमाले पर्वतका सचिव सुवासचन्द्र पौडेलले कार्यक्रममा सामान्य भनाभन भएपनि ठुलो घटना नभएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->