शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

रास्वपाका सांसदसंग चुनाव हारेका पौडेलले गभर्नर बन्न सिफारिस समितिबाट दिए राजीनामा

रास्वपाका सांसदसंग चुनाव हारेका पौडेलले गभर्नर बन्न सिफारिस समितिबाट दिए राजीनामा


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८२, आइतबार

काठमाडौं / गत आम निर्वाचनमा रास्वपाका सांसद हरि ढकालसंग हारेका नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएका छन्। सत्तारुढ दुई दलका शीर्षनेताबीच पौडेललाई नै गभर्नर बनाउने सहमती भएपछि सिफारिस समितिबाट राजीनामा दिएका हुन्।

पौडेलले आइतबार राजीनामा दिएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले पुष्टि गरेको छ। यसअघि नेपाली कांग्रेस र नेकपा एमालेबिच डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने सहमती भएपनि राष्ट्र बैंककै डेपुटी गभर्नर निलम ढुंगाना बाधक बनेकी छन्। गभर्नर बन्नका लागि भट्टले राजीनामा दिएपनि ढुंगानाले राजीनामा स्वीकृत नगरी रोकेर राखेपछि भट्टलाई सिफारिस गर्न नमिलेको हो।

भट्टको राजीनामा स्वीकृत गर्न अर्थमन्त्री पौडेलले समेत ढुंगानालाई भनेका थिए। अघिल्लो साता नै देउवालाई भेटेर अर्थमन्त्री पौडेलले भट्टको राजीनामा स्वीकृत हुने र कांग्रेस एमालेबिचको सहमती अनुसार नै भट्ट गभर्नरमा सिफारिस हुने बचन दिएका थिए।

तर ढुंगानाले पौडेलले भनेको मितिमा पनि राजीनामा स्वीकृत गरिनन्। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच गभर्नर नियुक्तीको विषयमा पटक पटक छलफल भएको थियो। पछिल्लो छलफलमा ओलीले देउवालाई भट्टबाहेकको विकल्प दिन प्रस्ताव गरेका थिए।

जुन प्रस्ताव अनुसार शनिबार देउवाले विश्व पौडेललाई गभर्नरका लागि सिफारिस गरेका थिए। त्यसमा प्रधानमन्त्री ओली पनि सहमत भएसँगै नियुक्तीको बाटो खुल्ने देखिएको छ।

तर गभर्नर सिफारिस समितिका अर्का सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध पनि सर्वोच्चमा आइतबार रिट दर्ता भएको छ। अधिकारी सिफारिस समितिमा बस्न नमिल्ने भन्दै परेको रिटमा मंगलबार पेशी तोकिएको छ।

अधिकारीको विषयमा सर्वोच्चको आदेश आउनु पहिले नै सिफारिस समितिले पूर्णता पाएर गभर्नरका लागि नाम सिफारिस नभएमा दुवै सदस्य नयाँ ल्याउनु पर्ने अवस्था समेत आउन सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->