शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कोरिया रहेकाका आफन्तलाई वित्तीय साक्षरता

कोरिया रहेकाका आफन्तलाई वित्तीय साक्षरता


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८२, मंगलबार

पोखरा/कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत रहेको परियोजनाको प्रायोजनमा अंकुर नेपाल, पोखराको सहकार्यमा इपिएसमार्फत कोरियामा गएका प्रवासी नेपालीका परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ ।

कार्यक्रममा कोरियामा रोजगारमा गएका प्रवासी नेपालीका परिवारका १२२ जना सहभागी थिए ।

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख सुरेश ढकाल प्रमुख अतिथि रहेका थिए भने अध्यक्षता हितकाजी गुरुङले गरेका थिए । कार्यक्रमका संयोजक सुमनबहादर थापा थिए भने सञ्चालन आशीष पाण्डेले गरेका थिए ।

कार्यक्रममा प्रशिक्षक अनुज बास्तोलाले वित्तीय साक्षरताका विभिन्न पक्षबारे जानकारी दिए । प्रशिक्षक तथा संयोजक सुमनबहादुर थापा भने कोरियामा कार्यरत श्रमिकहरूप्रति परिवारको जिम्मेवारी र त्यसको व्यवस्थापनबारे जानकारी दिए ।

त्यस्तै, दक्षिण कोरियाबाट फर्किएर सफल व्यवसाय सञ्चालन गरिरहेका शिव बराल र हिमानी गुरुङले आफ्ना प्रेरणादायी सफलताको कथा सुनाउँदै नेपालमै अवसर खोजेर अघि बढ्न सकिने सन्देश दिए ।

कार्यक्रमको उद्देश्य प्रवासी नेपालीको कमाइको सदुपयोग, खर्च व्यवस्थापन र दीर्घकालीन आर्थिक स्थायित्वका लागि परिवारलाई आवश्यक ज्ञान र सीप प्रदान गर्ने आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->