शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ल्यान्डमार्क नारायणी भरतपुर र देवघाटको ल्याडमार्क फार्म हाउस संचालनमा

ल्यान्डमार्क नारायणी भरतपुर र देवघाटको ल्याडमार्क फार्म हाउस संचालनमा


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०८२, मंगलबार

चितवन/ पोखराबाट सुरु भएको ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले आजदेखि चितवनको भरतपुरमा ल्यान्डमार्क नारायणी र देवघाटमा ल्यान्डमार्क फार्म हाउसको नाममा सेवा विस्तार गरेको छ ।

भरतपुरको ल्याण्डमार्क नारायणीमा पत्रकार सम्मेलन गर्दै ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट अपरेशन निर्देशक सम्राट पाण्डेले लिजिङ गरेर रोयल सेन्चुरी होटललाई ल्यान्डमार्क नारायणी र देवघाटको फार्म हाउसलाई ल्यान्डमार्क फार्म हाउस बनाएर नयाँ व्यवस्थापनसहित सञ्चालनमा ल्याइएको जानकारी दिए । भरतपुर हाइटमा रहेको ल्याडमार्क नारायणीले ७० कोठाको होटलबाट सेवा सुरू गरेको छ । व्यापारिक र पारिवारिक पाहुनाका लागि उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न तयार रहेको ल्यान्डमार्क होटलका महाप्रबन्धक बोधराज लम्सालले जानकारी दिए । ल्यान्डमार्क नारायणीमा ठूला सभा र कार्यक्रम गर्न सकिने ६ वटा हल रहेका छन ।

यस्तै देवघाटको भुवनटारस्थित ल्याण्डमार्क फार्म हाउसमा आरामदायी कोठा, कटेज, ट्रि हाउस र स्वीमिङ पुल रहेका छन । त्रिशूली नदीको किनारमा अवस्थित फार्म हाउसमा प्राकृतिक सौन्दर्य, आराम र आधुनिक सुविधाको उत्कृष्ट संयोजन प्रदान गर्ने ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका अध्यक्ष राजु पाण्डेले बताए । उनका अनुसार फार्म हाउसमा फार्म टु टेवल डाइनिङ जसमा ताजा र स्थानीय उत्पादनमा आधारित भोजन हुनेछ । फार्म हाउसमा स्विमिङ पूल, पूल साइड पार्टी स्पेस, बार र रेस्टुरेन्ट तथा ट्री हाउस पनि रहेका छन् । भरतपुर र देवघाट क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्षले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट सेवा विस्तार गरेको अर्का निर्देशक रमेश पाण्डेले बताए । ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट्स नेपालकै प्रतिष्ठित हस्पिटालिटी समूह हो । ल्यान्डमार्कले लामो समयदेखि काठमाडौँ, पोखरा, चितवन र भैरहवामा लक्जरी होटल र रिसोर्टहरूको सञ्चालन र व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->