शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गण्डकीको बेरुजु ४५ करोड

गण्डकीको बेरुजु ४५ करोड


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८२, बुधबार

पोखरा/ आर्थिक वर्ष २०८०र०८१ मा गण्डकी प्रदेशमा ४५ करोड बेरुजु देखिएको छ । गण्डकी प्रदेशका २ सय ३ कार्यालयको ४५ अर्ब २४ करोड २४ लाख रुपैयाँ लेखा परीक्षण गर्दा १.१५ प्रतिशत अर्थात् ४५ करोड बेरुजु देखिएको हो । महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा यो तथ्य औल्याइएको हो ।

प्रतिवेदन अनुसार प्रदेश सरकारहरूको कुल बेरुजु १.३८ प्रतिशत रहेको छ। मधेश प्रदेशमा सबैभन्दा बढी २.५७ र बागमती प्रदेशमा सबैभन्दा कम १.०३ प्रतिशत बेरुजु रहेको छ।बेरुजुको प्रतिशत दर प्रदेश अनुसार फरक फरक रहेको छ र कुल रकम ३ खर्ब ६२ अर्ब ९१ करोड ९० लाख रुपैयाँ पुगेको छ। ७ प्रदेशका १ हजार २ सय ९० कार्यालयमा गरिएको ३ खर्ब ६२ अर्ब ९१ करोड ९० लाख रुपैयाँको लेखा परीक्षणमा ५ अर्ब २ करोड १९ लाख बेरुजु देखिएको हो । देशमा कुल बेरुजु २.०७ प्रतिशत देखिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->