बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बीमा प्राधिकरणको रक्तदानमा ८४ युनिट रगत संकलन

बीमा प्राधिकरणको रक्तदानमा ८४ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८२, बिहिबार

पोखरा/नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव तथा बीमा दिवसको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा ८४ युनिट रगत संकलन भएको छ ।

बुधबार प्राधिकरणको गण्डकी प्रदेश कार्यलय पोखराको आयोजनामा भएको कार्यक्रममा रक्तदाता केदारनाथ अधिकारीलाई नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी सभापती उर्मिला खड्काले बल्ड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उदघाटन गरिएको प्राधिकरणका गण्डकी प्रदेश प्रमुख शम्भुप्रसाद मिश्रले जानकारी दिए ।

‘रक्तदान जीवनदान’ भन्ने मुल नाराका साथ आयोजना भएको कार्यक्रमा बोल्दै नेपाल रेडक्रस सोसाईटी कास्की शाखाकी सभापति उर्मिला खड्काले रक्तदानको महत्वमाथि प्रकाश पार्दै रक्तदान किन र कसले गर्नेभन्ने बारेमा धारणा राखेकी थिइन् ।

नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भुप्रसाद मिश्रको अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त अवसरमा बोल्दै मिश्रले रक्तदान जीवनदान भएकाले रक्तदान गरि पुण्य कमाउन सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारी,निप्स च्यापटरका अध्यक्ष बद्रिनाथ पौडेल,सर्भेयर एसोसियसन पोखरा च्यापटरका संयोजक बुद्धिराज अधिकारीले बीमा प्राधिकरणले गरेका गतिविधिको प्रशंसा गर्दै वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा जीवन, लघु तथा निर्जीवन बीमाका कर्मचारी, बीमा अभिकर्ता, सर्भेयरलगायत सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति थियो । कार्यक्रमको संञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक प्रथम बलराम लामिछानेले गरेका थिए ।

प्राधिकरणले ५७ औँ बार्षिक उत्सवको अवसर पारेर बैशाख २६ गते मानव आश्रममा भोजन बितरण, २९ गते फुटसल प्रतियोगिता, ३०गते जिल्ला ट्राफिक कार्यलय कास्कीको समन्वयमा सावजनिक यातायातमा स्ट्रिकर टासेर बिमा सचेतना कार्यक्रम सम्पन्न गरिसेको छ भने जेठ १ गते प्रभातफेरी र शुभकामना आदान प्रदान तथा समीक्षात्मक कार्यक्रम गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->