बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अर्जुनचौपारी र बिरुवामा गरिमाको नयाँ शाखा

अर्जुनचौपारी र बिरुवामा गरिमाको नयाँ शाखा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८२, बिहिबार

स्याङ्जा/गरिमा विकास बैंक लिमिटेडले विरुवा र अर्जुनचौपारीमा बुधबार एकैदिन नयाँ शाखा कार्यालय सञ्चालनमा गरेको छ । २०६४ मंसिर ७ गते स्याङ्जाको वालिङमा स्थापना भएको यस बैकले बिरुवामा १२५ र अर्जुन चौपारीमा १२६ शाखाँ खोलेको हो ।

दुवै नयाँ शाखाँको नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अनलाइनबाट र बैंकका अध्यक्ष दीलिप्रताप खाँणले भौतिक रुपमा उद्घाटन गरेका हुन् ।

नयाँ शाखा कार्यालयहरुबाट स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विकास बैंकले विश्वास लिएको बैका प्रमुख कार्याकारी अधिकृत माघवप्रसाद उपाध्यायले बताए ।

पाँच अर्ब ६८ करोड चुक्ता पूँजीरहेको यस बैँकले ८७ अर्ब निक्षेप संकलन, ७७ अर्ब लगानि गरेको उपाध्यायले जानकारी दिए । यसभन्दा पहिला बैंकले ३७ जिल्लाबाट १२४ शाखाँ कार्यालय, एक एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत बैकिङ् सेवा प्रवाह गर्दै आइरहेकोमा अब १२६ शाखाँबाट सेवा दिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->