सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सबैभन्दा बढी बेरुजु जैमिनीमा, कम गलकोटमा

सबैभन्दा बढी बेरुजु जैमिनीमा, कम गलकोटमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८२, बिहिबार

बागलुङ/बागलुङ जिल्लाका दश स्थानीय तहमा आर्थिक वर्ष २०८०/८१ मा २५ करोड ७२ लाख रुपैयाँ बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बागलुङका १० वटा स्थानीय तहमा २५ करोड ७२ लाख २ हजार रुपयाँ बेरुजु देखिएको हो ।

जिल्लाका स्थानीय तहले गत वर्षको तुलनामा बेरुजु घटाएका छन् । आर्थिक वर्ष २०७९/८० मा महालेखाको प्रतिवेदन अनुसार बागलुङका स्थानीय तहमा ३४ करोड ४२ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको थियो । बजेट अनुपातका आधारमा बागलुङमा सबैभन्दा बढी रकम बेरुजु जैमिनीमा ३.५१ प्रतिशत र सबैभन्दा कम बेरुजु गलकोट नगरपालिकामा ०.७१ प्रतिशत देखिएको छ ।

जैमिनीको १ अर्ब ७२ करोड ७७ लाख ६८ हजारको लेखापरीक्षण गरेकोमा ६ करोड ७ लाख १६ हजार बेरुजु देखिएको छ । गलकोट नगरपालिकाको १ अर्ब ६७ करोड २० लाख ७५ हजार लेखापरीक्षण गर्दा १ करोड १८ लाख बेरुजु देखिएको छ ।

बागलुङ नगरपालिकाको २ अर्ब ७२ करोड २२ लाख ७३ हजार लेखापरीक्षण गर्दा रु. ४ करोड ४५ लाख ७९ हजार, ढोरपाटनको ६ करोड ७ लाख १६ हजार र काठेखोला गाउँपालिकाको ३ करोड ९७ लाख ११ हजार रुपैयाँ बेरुजु रहेको छ ।

यस्तै, तमानखोलाको १ करोड २० लाख ९० हजार, ताराखोलाको २ करोड २८ लाख ४५ हजार, निसीखोलाको १ करोड ४८ लाख २६ हजार, बडिगाड गाउँपालिकाको १ करोड ७३ लाख ६३ हजार र बरेङको ७७ लाख ७७ हजार बेरुजु देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->