बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ज्येष्ठ नागरिक र अपांगता भएकालाई कुश्मा १३ को सम्मान

ज्येष्ठ नागरिक र अपांगता भएकालाई कुश्मा १३ को सम्मान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८२, शनिबार

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–१३ वडा कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिक र विभिन्न अपांगता भएका व्यक्तिलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

वडामा सबैभन्दा बढी उमेरका ९९ वर्षीय जीतबहादुर लामिछानेसहित ८१ वर्ष उमेर पुगेका ६२ जना ज्येष्ठ नागरिक र क र ख बर्गमा परेका विभिन्न अपांगता भएका २१ जना व्यक्तिलाई वडाले सम्मान गरेको हो । सबै भन्दा बढी उमेरका लामिछाने, बसुन्धरा क्षेत्री, खडे सार्की र गन्त्री सर्किनीलाई फोटो फ्रेम दोसल्ला, कम्बल, टर्च लाइट र साबुनले सम्मान गरिएको थियो । अन्य ज्येष्ठ नागरिकलाई कम्बल, टर्च लाइट र साबुनद्वारा सम्मान गरिएको थियो । यसैगरी अपांगता भएका व्यक्तिलाई भने कम्बलमात्र दिएर सम्मान गरिएको थियो ।

कार्यक्रममा वडाभित्र रहेका ९ जना महिला स्वास्थ्य स्वंसेविकाहरुलाई प्रोत्साहन स्वरुप प्रतिव्यक्ति ६ हजारका दरले आर्थिक सहयोग गरिएको थियो । वडाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार लक्षित बिकास कार्यक्रम अन्तर्गत उनीहरुलाई सम्मान गरिएको वडाध्यक्ष तेजप्रसाद शर्माले बताए । २००१ साल चैत ३० गते अघि जन्मिएका ज्येष्ठ नागरिकलाई मात्र सम्मान कार्यक्रममा सहभागी गराइएको थियो ।

सम्मान कार्यक्रमको अध्यक्षता वडाध्यक्ष तेजप्रसाद शर्माले गरेका थिए । सहभागी सबैलाई नगर कार्यपालिका सदस्य विन्दुकुमारी पौडेले स्वागत गरेकी थिइन भने तिलकबहादुर लामिछानेले शुभकामना मन्तव्य दिएका थिए । वडासचिव दीपक सुवेदीले कार्यक्रमको संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->