बागलुङ/बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा बागलुङ बजारमा २ दिने ऋण व्यवस्थापन तालिम शनिबारदेखि सुरु भएको छ ।
जिल्ला स्थित क्रियाशिल सहकारी संस्थाका पदाधिकारी, व्यवस्थापक र ऋण हेर्ने कर्मचारीलाई लक्षित गरी आयोजना गरिएको तालिममा २२ वटा सहकारी संस्थाका ३५ जनाको सहभागिता छ ।
तालिम उद्घाटन सत्रमा बोल्दै बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले देशमा धैरै सहकारी संस्थाहरुले राम्रो काम गरिरहेको भएता पनि केही सहकारी संस्थाहरुले गरेका गल्तीहरुका कारण सबैलाई समस्या भएको बताए ।
तालिममासहकारीमा ऋण व्यवस्थापनको अवधारणा, ऋणको वर्गीकरण, मूल्यांकन, फिर्ता प्रक्रिया, जोखिम व्यवस्थापन, दस्तावेज व्यवस्थापन, नेपाल राष्ट्र बैंकबाट जारी मापदण्ड, परिवर्तित नीति, नियम र अनुगमन प्रणालीबारे राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत सुर्यप्रसाद रिमालले सहजिकरण गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन सत्र संघका अध्यक्ष पौडेलको अध्यक्षता व्यवस्थापक बविता सार्कीको स्वागत र सिवाइसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ती क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।





