शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

जेठ ९ र १० गते पोखरामा होमस्टे मार्ट

जेठ ९ र १० गते पोखरामा होमस्टे मार्ट


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ६ २०८२, मंगलबार

पोखरा/ गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने प्रयत्न गर्दै गाउँ पर्यटन प्रवद्र्धन तथा बजारीकरणको लागि एउटा माध्ययम बनाउने उद्देश्यसहित पोखरामा तेस्रो गाउँ पर्यटन मेला (होमस्टे मार्ट) आयोजना गरिने भएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीस्को सहआयोजनामा यही जेठ ९ र १० गते पोखरामा मेला आयोजना हुने भएको हो । मेलाले गाउँमा खुलेका गाउँ व्यवसायमार्फत गाउँमा हाल पलायन भइरहेका युवालाई गाउँमै आयआर्जनका अवसर सिर्जना गरी पलायन रोक्न पहल गर्ने र विदेशी पर्यटकलाई समेत गाउँमा रहेका पर्यटकीय संसाधनसंग जोड्दै उनीहरुको बसाई अवधि तथा खर्च बढाउने उद्देश्यसमेत राखेको छ । मेलाको सहकार्यमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होमस्टे फ्रेडेरेशन नेपाल (होफेन) गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद् रहेका छन् ।

सामुदायिक होमस्टे र सेवाहरुको बारेमा जानकारी दिने, बजारीकरण तथा बजारसंग जोड्ने, गाउँमा रहेका पर्यटन व्यवसायी र संभावित ग्राहक तथा पर्यटन व्यवसायीबीच सम्पर्क स्थापना गर्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिबृद्धि गर्ने र ग्रामीण पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको समृद्धिमा योगदान पुराउने थप उद्देश्य मेलाको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत होमस्टेले दिन सक्ने प्याकेजका बारेमा जानकारी मेलाले प्रवाह गर्ने जनाएको छ । मेलामा सामुदायिक होमस्टे तथा गाउँको पर्यटन व्यवसायीका स्टल, गाउँ पर्यटन प्रवद्र्धनमा उद्योग र व्यवसायीको भूमीका, गाउँ पर्यटन प्रवद्र्धनमा संचार क्षेत्रको भूमिकाबारे टक शो पनि हुनेछ । साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुती, गाउँ पर्यटन सम्बन्धी प्रचारप्रसारका सामाग्रीको बितरण, संचारमाध्ययमसंग समन्वय र सहकार्य पनि हुने आयोजकको भनाई छ । पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछानेका अनुसार मार्टमा गोरखा र म्याग्दी बाहेक अन्य जिल्लाका २५ वटा गाउँ पर्यटन सम्बद्ध व्यवसायीको सहभागिता रहने बताए । भिटोफ अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->