बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसमा उद्यमशिलता प्रवद्र्धन कार्यशाला सम्पन्न भएको छ । क्याम्पसको सहयोग र उद्यमी क्लबको आयोजनामा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत द्यिार्थीकालागि यो कार्यशाला आयोजना गरिएको अध्यक्ष सृष्टी आचार्यले जानकारी दिइन् ।
आइतवार र सोमबार संचालन भएको कार्यशालामा उद्यमशिल सोच र सीप बिकास गर्न बिद्यार्थीलाई अभिप्रेरित गरिएको थियो । कार्यशालामा व्यवस्थापन संकायका ४० बिद्यार्थी सहभागि थिए । सहभागि बिद्यार्थीले विभिन्न परियोजना बनाएका छन् । तालिमका सहभागिले बनाएका योजना मध्ये ५ व्यवासयिक योजनालाई प्रभु आइडिया प्लसले व्यवसायिक योजना कार्यान्वयन गर्न सहयोग गर्नेछ ।
कार्यशालामा क्याम्पसका प्राध्यापकहरुले फरक फरक बिषयमा प्रस्तुतीकरण र प्रशिक्षण गरेका थिए । उक्त अबसरमा देववहादुर क्षेत्रीले प्राथमिक तथा द्वितियक अनुसन्धान र व्यवसायिक अनुसन्धानको अवधारणा बिषयक कार्यपत्र प्रस्तुतीकरण गरे । उक्त प्रशिक्षण पछि बिद्यार्थीले ती बिषयलाई मल्टिमिडिया बाट तयार गर्न सक्ने भएका छन् ।
कार्यक्रममा सुवास केसीले डिजिटल मार्केटिङका अवधारणाहरु र नवराज शर्माले बजेटिङ सम्बन्धी व्यवहारिक जानकारी दिएका थिए । धवलागिरी बहुमुखी क्याम्पस उद्यमी क्लबकी अध्यक्ष सृष्टी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिकृष्ण अधिकारीले कंपनी दर्ता सम्बन्धी प्रस्तुतीकरण, यमप्रसाद शर्माले उद्यमिशिलता बिकासका चुनौती बारे जानकारी गराए । उपप्राध्यापक जोहन बज्राचार्यले व्यवसायमा जोखिम व्यवस्थापनको बिषयमा प्रस्तुती तथा प्रशिक्षण गरे । कार्यक्रममा स्ववियुका निर्वतमान अध्यक्ष सुदिप सागर कंडेल र युवा उद्यमी अञ्जिल शाक्यले आफ्नो व्यवासयिक जीवनको अनुभव र यात्रा बारे जानकारी गर्दै बिद्यार्थीलाई सहजीकरण गरेका थिए । उद्यमी क्लाकी अध्यक्ष सृष्टी आचार्यको अध्यक्षता र समिर शर्मा तथा रोहित शाहको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





