बगलुङ/प्रगती बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो १९ औं स्थापना दिवशको अवसरमा बागलुङ नगरपालिका ३ को गौशालालाई खाद्यान्न सहयोग गरेको छ । पछिल्लो २ वर्षदेखि सञ्चालित रैथाने गौ संरक्षण संस्थालाई सामाग्री दिइएको हो । गौशालामा ७ माउ गाई, ३ बाच्छी र एकवटा कामधेनु जातको बहर छ ।
अध्यक्ष कृष्णप्रसाद पौडेल, उपाध्यक्ष तोयनाथ गौतम, सचिव बालकृष्ण शर्मा, कोषाध्यक्ष लक्ष्मीप्रसाद पौडेल, सदस्यहरु विजय पन्त र गंगाकुमारी शर्मा तथा प्रबन्धक मुना शर्मा पुगेर सामाग्री सहयोग गरेका हुन् । गाईलाई चाहिने चापट, नुन र चना गौशालाका संचालक नारायण शर्मालाई हस्तान्तरण गरिएको हो ।





