बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भ्रष्टाचारविरुद्व गंभीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड

भ्रष्टाचारविरुद्व गंभीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड

माओवादीले आन्दोलनभन्दा पनि सरकारलाई खबरदारी गरेर सुशासनयुक्त मुलुक निर्माणको अभियानमा लागेको बताएका प्रचण्ड दलहरू तथा सरकारप्रति आक्रामक थिएनन्


  • संजय रेग्मी
  • जेष्ठ ९ २०८२, शुक्रबार

पर्वत/नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दैनिक भईरहेको ५० औँ लाख भ्रष्टाचारविरुद्ध गम्भीर निर्णय लिने बेला आएको बताएका छन् ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा माओवादीका केन्द्रीय पदाधिकारीसहित नेताहरूको उपस्थितिमा शुक्रबार पर्वतमा आयोजना भएको जनसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । माओवादीले आन्दोलनभन्दा पनि सरकारलाई खबरदारी गरेर सुशासनयुक्त मुलुक निर्माणको अभियानमा लागेको बताएका प्रचण्ड राजनीतिक दलहरू तथा सरकारप्रति आक्रामक थिएनन् ।

आफूहरूको अभियानले जनतालाई जागरूक बनाउने, कुरा बुझाउने र देशमा रहेका बेथितिको अन्त्य गर्ने काम गरिरहेको बताएका उनले दैनिक ५० औँ लाख रुपैयाँ भ्रष्टाचार भइरहेकोप्रति केही कटाक्ष गरे । आफूले शुक्रवार मात्रै उक्त भ्रष्टाचारको बारेमा सुनेको भन्दै उनले छताछुल्ल भएको अहिलेको अवस्था रहेमा माओवादी, समाजवादी जस्तै इमानदार दलहरूले गम्भीर निर्णय लिनुपर्ने अवस्था आउने चेतावनी दिए ।

‘एकै दिनमा ५० औँ लाखको भ्रष्टाचार भएको कुरा छताछुल्ल भएको छ । यही अवस्था भएमा माओवादी, समाजवादी वा इमानदार दलहरूले गम्भीर निर्णय लिनुपर्ने भएको छ । समाजवादी मोर्चा आन्दोलनमा आउनुपरेको अवस्थामा के होला ?’ उनले भने, ‘हामी सरकारमा भएको बेलामा हामीले माथिदेखि तलसम्म भ्रष्टाचारको अन्त्य नभएसम्म विकास र समृद्धिको यात्रा सुरु गर्न सकिँदैन भनेर लडाइँ गरिएको हो । माथिबाट मुहान सफा नभएसम्म हुँदैन भनेर रातारात करोडौँ रुपैयाँ खानेहरूका विरुद्ध हामी जस्तासुकै मूल्य चुकाएर भए पनि हमला गरेका थियौँ ।’

आफ्ना कामहरूबाट आतङ्कित भएकाहरूले पार्टीका नेताहरूलाई घरमा होटेलमा बोलाएर माओवादीको सरकार ढलाउनप¥यो भनेर लागेको उनको दाबी छ । मध्य पहाडी लोक मार्गमा प्रवेश गरेपछि फेरि नयाँ रौनकताको अनुभव गर्न पाएको भन्दै अध्यक्ष प्रचण्डले यसले राष्ट्रिय एकतालाई अझै बलियो पार्नुका साथै आर्थिक क्रियाकलापलाई गतिशील बनाउने उल्लेख गरे । माओवादीको अभियानको क्रममा जनतामा निकै धेरै जिज्ञासा पाएका दाबी गर्दै उनले सोचेको भन्दा पनि धेरै जनता आफूहरूको साथमा रहेको दाबी गरे । मधेसदेखि हिमालसम्मको युवा जनशक्तिलाई देशभित्रै आशा र रोजगारी दिनुपर्छ भन्ने अभियानको उद्देश्य रहेको पनि प्रचण्डले बताए ।

‘नागरिकहरू जसरी हाम्रो अभियानमा जसरी केन्द्रित भएका छन् यसले नेपाललाई माया गर्ने जनताको भावना उस्तै छ भन्ने पुष्टि गरेको छ । सामाजिक सञ्जालमा हावा कुरा गर्दा बुद्धिजीवीहरूका लागि चिन्ता भएको छ’, उनले भने, ‘हाम्रो देशमा केही हुन सक्दैन भन्ने भाष्य निर्माण भएको बेलामा हामीले हाम्रा प्राकृतिक स्रोतहरूको बारेमा के जानकारी पाएका छौँ ?’

अर्को प्रसङ्गमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालबाट भइरहेको अन्तर्राष्ट्रिय बसाइसराइ रोक्न पनि मध्य पहाडी लोकमार्गको विशेष योगदान रहेको बताए । थुप्रै विद्यालय भवन र अस्पताल भवनहरू बनिरहेका भए पनि गाउँहरू रित्तिएको विषयमा उनले चिन्ता व्यक्त गरे । कोही कोही ठाउँमा विद्यार्थीभन्दा शिक्षक धेरै भएको भने जस्तै धेरै ठाउँका गाउँमा काला र चिल्ला बाटा बनेको भए पनि त्यसमा गुड्ने सवारी र यात्रुहरू नरहेको बताए ।

गत जेठ दुई गते बैतडीको पाटनबाट सुरु भएको माओवादीको पुष्पलाल मध्य पहाडी लोकमार्गको यात्रा कार्यक्रममा प्रचण्ड सहित केन्द्री वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका नेताहरू पनि प्रचण्डको साथमा सहभागी छन् ।

‘जनसंवाद’ कार्यक्रम पार्टीका नेता कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रम नभएर विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारीहरू, व्यवसायी, सुरक्षाकर्मी, आम नागरिक लगायतसँग भेटेर समसामयिक विषयमा कुरा हुने माओवादीले बताएको छ । नागरिकले भोगिरहेका समस्या र उनीहरूको भावना प्रत्यक्ष रूपमा बुझेर सामाजिक समस्याको पहिचान गर्न तथा माओवादीले लिनुपर्ने योजनाको बारेमा थाहा पाउन पनि पनि यो कार्यक्रम उपयोगी हुने माओवादीको आशा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->