शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

यार्सा संकलन गर्ने समूहबीच डोल्पाको लेकमा भयो झडप

यार्सा संकलन गर्ने समूहबीच डोल्पाको लेकमा भयो झडप

प्रहरीले गर्यो दुई राउन्ड हवाईफायर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८२, शनिबार
फाइल तस्विर

पोखरा / बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न गएका समूहबीच झडप भएको छ । शनिबार दिउँसो डोल्पाको ठुरी भेरी नगरपालिका-१, ठाला लेकमा झडप भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

रुकुम पूर्वको मैकोट गाउँपालिका र डोल्पाको काईके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा संकलनमा सीमा क्षेत्रका विषयमा विवाद भएको थियो । त्यसपछि करिब ६००र७०० जनाको संख्यामा रहेका उनीहरूबीच झडप भएको सशस्त्र प्रहरीले जनाएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाफौजले एसएलआरबाट दुई राउन्ड हवाईफायर गरेको सशस्त्र प्रहरीका प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । हाल त्यहाँको अवस्था सामान्य रहेको उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->