बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रदेश सांसद शेरचनले सार्वजनिक गरे राजीनामाको नमूना

प्रदेश सांसद शेरचनले सार्वजनिक गरे राजीनामाको नमूना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८२, शनिबार

पोखरा/ गण्डकी प्रदेश सभामा मुस्ताङ ख बाट  निर्बाचित सांसद  बिकल शेरचनले पदबाट राजीनामा दिने चेतावनी दिएका छन ।

आफ्नो जिल्लालाइ पर्याप्त बजेट नदिएर  बेवास्ता गरेको आरोप उनले लगाएका छन । आज बसेको कांग्रेस संसदिय दलको बैठकमा मुख्यमन्त्रीसंग बजेटका विषयमा भनावैरी भएपछी उनी बैठक छाडेर निस्किएका थिय । राजीनामाको चेतावनी उनले आफ्नो फेसबुक पेजमा सार्बजनिक गरेका हुन ।

यस्तो छ उनको राजीनामाको मस्यौदा

श्रीमान् सभामुखज्यू
गण्डकी प्रदेशसभा
पोखरा, गण्डकी प्रदेश
नेपाल

विषय: प्रदेशसभा सदस्य पदबाट राजीनामा पेश गरिएको बारे

श्रीमान्,
गहिरो आत्ममन्थनपश्चात् म, गण्डकी प्रदेशसभाका सदस्य मा. बिकल शेरचन पदबाट तत्काल लागू हुने गरी राजीनामा पेश गर्न चाहन्छु।
गत दुई वर्षको अवधिमा मैले आफ्नो सबै क्षमताका साथ मुस्ताङका जनताको पक्षमा आवाज उठाउने प्रयास गरें। तर दुःखका साथ भन्नुपर्दछ, हामीले निर्माण गरेका बजेटहरू—विशेष गरी हाल तयार पारिँदै गरेको बजेट समेत—जनताको वास्तविक आवश्यकता, विशेष गरी दुर्गम क्षेत्रका मागहरूलाई सम्बोधन गर्न असफल भएका छन्।
मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्रदेशको प्राथमिकतामा राखिनु पर्ने हो, तर हाम्रो बजेटीय कार्यशैलीले बारम्बार यस जिल्लालाई पछाडि पार्ने प्रवृत्ति देखाएको छ। पूर्वाधार, आर्थिक सशक्तिकरण, उच्च हिमाली स्वास्थ्य जोखिम, जलवायु अनुकूलन, र युवाका अवसरहरू जस्ता विषयमा ठोस योजना ल्याउने मेरो आग्रहहरूलाई बेवास्ता गरिएको अनुभव हुँदै आएको छ।
म यसरी जनताको आवश्यकता र अपेक्षाको उपेक्षा गर्ने प्रणालीमा सहभागी हुन चाहन्न। मेरो राजीनामा कुनै भागदौड होइन, बरु यो एक आन्तरिक विरोध हो—एक जिम्मेवार अपिल हो, जसले हाम्रो राजनीतिक तथा नीति निर्माण प्रणालीमा आत्मसमीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ।

जनताको सेवा मेरो धर्म हो, र त्यो मार्गमा म आगामी दिनमा पनि प्रतिबद्ध रहनेछु।

धन्यवाद।

विनम्र,
मा. बिकल शेरचन
प्रदेशसभा सदस्य
मुस्ताङ जिल्ला १ (ख)
गण्डकी प्रदेश
(यदि हाम्रा मागहरू पूरा भएनन् भने, मैले कल्पना गरेको एउटा मस्यौदाको नमुना हो है साथीहरू)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->