बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कलम सहकारीको सहकारी शिक्षा तथा वित्तिय प्रशिक्षण

कलम सहकारीको सहकारी शिक्षा तथा वित्तिय प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०८२, आइतबार

पोखरा/कलम बचत तथा ऋण सहकारी संस्था लि. पोखरा ९ पालिखेचोकको आयोजनामा सहकारी शिक्षा तथा वितिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको के हो भन्ने कुराको जानकारी हुने बताउँदै कलम बचत तथा ऋण सहकारी संस्था पोखरामा रहेका सरकारीमध्ये उत्कृष्ट सहकारी रहेको बताए । काठमाण्डौंपछि पोखरा नै सहकारीका समस्या धेरै रहेको ठाउँ रहेको बताउँदै उनले समस्या समाधान गर्न सहकारी संघ लागिपरेको बताए ।

सहकारीका अध्यक्ष मनोहरि सापकोटाले सहकारी मुल्य, मान्यता अनुसार चलेको बताउँदै सहकारीलाई अहिले थप व्यवस्थित रुपले सञ्चालन गरिएको बताए । कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष तथा सल्हाकार अर्जुन पोखरेलले कलम सहकारीले प्रगति गरेकोमा खुशी प्रकट गर्दे आगामी दिनमा अझ प्रगतीको कामना गरेका थिए ।

सहकारकिा सल्लाहकार ज्ञान बहादुर कार्कीले आफु यस संस्थामा स्थापनाकालदेखी नै आवद्ध भएको बताउँदै कलम सहकारीप्रति पोखराका मात्र नभएर कास्की जिल्लाका जनताको विश्वास रहेको बताए । कार्यक्रममा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका अध्यक्ष गोविन्द गौतम, जिल्ला सहकारी संघका लेखा समिति संयोजक तथा लेखा परिक्षक रुद्धनाथ पौडेल, प्रशिक्षक तथा पोखरा महानगर सहकारी समितिका सदस्य तथा सहकारी विज्ञ नारायण आचार्य लगाएतले बोलका थिए ।

संस्थाका अध्यक्ष मनोहरि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रमेशराज बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सहकारीका व्यवस्थापक सन्तोष लामिछानेले सहकारीको हालसम्मको वित्तिय अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको संचालन सहकारीका सचिव लालप्रसाद पाठकले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->