शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

आन्तरिक पर्यटक बोलाउन पोखराका होटल व्यवसायी पश्चिममा

आन्तरिक पर्यटक बोलाउन पोखराका होटल व्यवसायी पश्चिममा


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ १२ २०८२, सोमबार

पोखरा/ आन्तरिक पर्यटक बोलाउन पोखराका पर्यटन व्यवसायीको एक टोली पश्चिमतर्फ प्रस्थान गरेको छ । पृथ्वी होटल व्यवसायी समितिको टोली सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धन कार्यक्रमसहित प्रस्थान गरेको हो ।

‘पोखरा जाऊँ प्रकृतिसंग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने नारासहित पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत) नेतृत्वको टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बिदाई गरे । उक्त अवसरमा उनले भ्रमण पोखरामा आन्तरिक पर्यटक बोलाउन सफल हुने बताए । उनले पृथ्वी होटल व्यवसायी समितिले पोखरा आउने आन्तरिक पर्यटकको हव मानिने सहरमा हुने कार्यक्रमले पर्यटकीय राजधानी पोखरामा थप चहलपहल बढाउन मद्दत पुग्ने उल्लेख गरे । पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष घिमिरेका अनुसार टोलीमा पत्रकार, पर्यटनविद, सल्लाहकार, होटल व्यवसायी तथा सरोकारवाला प्रतिनिधि सहभागी छन् । टोलीले पर्यटन प्रर्वद्धन भ्रमणका क्रममा त्यहाँका पर्यटन व्यवसायी, स्थानीय सरकार, उद्योग वाणिज्य संघ र पत्रकारहरुसंंग अन्तरक्रिया गर्ने छ ।

देशकै पर्यटकीय राजधानी पोखरालाई पोखरा महानगरले भ्रमण वर्ष २०२५ घोषणा गरेको छ । यस अबसरमा पोखराका होटल र रेष्टुरेण्टहरुमा २० प्रतिशत छुट दिइएको र पोखराका अरु पर्यटन संघसंस्थाले समेत विभिन्न प्याकेजमा छुटको घोषणा गरेका छन् । यस विषयमा समेत भ्रमणको अबसरमा जानकारी दिइने पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान सल्लाहकार बालकृष्ण न्युरेले जानकारी दिए । समितिकी सल्लाहकार एवं होटल व्यवसायी महासंघ नेपालकी केन्द्रीय सदस्य सुनिता पन्त पौडेलले आफूहरुको प्रर्वद्धनात्मक भ्रमणले पोखराका साथै सिंगो गण्डकी प्रदेशकै प्रर्वद्धनमा सघाउ पुग्ने बताइन् । गत वर्ष पृथ्वी होटल व्यवसायी समितिले सम्पूर्ण सदस्य होटल व्यवसायीहरूसंग सहकार्य गर्दै बाग्मती, मधेस र कोशी प्रदेशका विभिन्न पर्यटकीय स्थलहरूमा अध्ययन भ्रमण तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो ।

त्यसैको सफलतालाई निरन्तरता दिँदै यस वर्ष ‘पनि कार्यक्रम आयोजना गरिएको प्रर्वद्धनात्मक कार्यक्रमका संयोजक विदुर ढुंगानाले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त प्रवद्र्धनात्मक सहयोगमा यो कार्यक्रम गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->