शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरा भ्रमण वर्ष सफल पार्न शिवराज नगरपालिकाले सहकार्य गर्ने

पोखरा भ्रमण वर्ष सफल पार्न शिवराज नगरपालिकाले सहकार्य गर्ने

पोखरा र कपिलवस्तुका पर्यटन व्यवसायी बीच अन्तरक्रिया


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८२, सोमबार

कपिलवस्तु/
कपिलवस्तुको शिवराज नगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न सहकार्य गर्ने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले पृथ्वी होटल व्यवसायी समिति पोखराको भ्रमण टोलीलाई स्वागत गर्न सोमबार राखेको अन्तरक्रिया कार्यक्रममा नगरउपप्रमुख शिवकुमारी चौधरीले पोखरामा पर्यटक पठाउन सहकार्य गर्ने बताइन् ।

देशकै पर्यटकीय राजधानी सहर पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको चर्चा गरेकी उनले आफूहरुले आन्तरिक भ्रमणमा जोड दिएको र त्यसका लागि सबैभन्दा उपयुक्त स्थल पोखरा रहेको बताउने गरेको उल्लेख गरिन् । त्यसैगरी पोखरा आउने अन्य ठाउँका पर्यटकलाई पनि कपिलवस्तु भ्रमणका लागि प्रेरित गर्न उनले आग्रह गरेकी छन् । उनले भारतीय पर्यटकले ट्राफिक चेकजाँचमा अनेक झण्झट भोग्नु परेको गुनासो गर्नेगरेको जानकारी दिइन् । विदेशभन्दा स्वदेश घुम्नलाई प्राथमिकता दिनुपर्छ । उनले पोखरा भ्रमण वर्षलाई सफल पार्न आफ्नो स्थानीय तहले पोखरा भ्रमणका लागि अभिप्ररित गर्ने जानकारी दिइन् । उनले पोखरा भ्रमण वर्षको भव्य सफलताको शुभकामना दिइन् ।

होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य सुनिता पन्तले शिवराज नगरपालिकाका जनप्रतिनिधि, व्यवसायी र स्थानीयलाई पोखरा भ्रमण गर्न निम्तो दिइन् । गर्मी छल्न र प्राकृतिक सौन्दर्यको अबलोकन गर्दै पोखरा जान आग्रह गरिन् । आफूहरु न्यानो आतिथ्यताका लागि तयार रहेको उनको भनाई थियो । पृथ्वी होटल व्यवसायी समितिका सल्लाहकार विक्रम थकालीले पोखरा विश्वकै सुन्दर सहर भनिने गरेको र पृथ्वीचोकमा रहेका व्यवसायीको संस्थाले पर्यटन प्रर्वद्धन गर्न आएको बताए । बाह्य भन्दापनि आन्तरिक पर्यटकले नै पर्यटन क्षेत्रमा बढ्ता चहलपहल हुने गरेको बताए । पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण न्युरेले नेपालको पर्यटन सुस्त अवस्थामा रहेका बेला पोखरा महानगरपालिकाले पर्यटक भित्र्याउन पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको र यसले व्यवसायी उत्साहित भएको बताए । उनले महानगरको पोखरा भ्रमण वर्ष घोषणालाई सार्थक बनाउन कार्यक्रम लिएर आएको बताए । पश्चिम नेपालको भावना र अनुभवलाई समेत समेट्ने उद्देश्य राखेको जानकारी दिए ।

शिवराज नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नेत्रप्रसाद बेलबासेले प्रकृतिले सुन्दर सहर पोखरा आफू धेरैपटक पुगेको र पुग्दा उतै बस्न मन लाग्ने गरेको अनुभव सुनाए । उनले पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत) ले देशकै पर्यटकीय राजधानी पोखरामा धेरैभन्दा धेरै पर्यटक भित्र्याउका लागि आन्तरिक पर्यटकलाई प्रर्वद्धन कार्यक्रम लिएर आफूहरु कपिलबस्तु आइपुगेको जानकारी दिए । उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आफूहरुले प्रर्वद्धनात्मक कार्यक्रमसहित आएको बताए । खाना तथा आवासमा २० प्रतिशत छुट गरिएको, साहसिक पर्यटकका लागि प्याकेजमा १० प्रतिशत छुट लगायतका छुट दिइएको जानकारी दिए । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन उनले पोखरा भ्रमणका लागि निम्तो गरे ।

पोखरा महानगरको धेरैभन्दा धेरै पर्यटक भित्र्याउने नीति अन्तर्गत घोषित पोखरा भ्रमण वर्ष २०२५लाई सफल पार्न र पोखराको बारेमा जानकारी गराउन आफूहरुले प्रर्वद्धनात्मक कार्यक्रम लिएर आएको छ ।
अन्तरक्रिया कार्यक्रममा शान्ति स्थापना गृह कपिलबस्तुका अध्यक्ष भूमिराज भट्टराई, भ्रमण संयोजक विदुर ढुंगाना, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तुका महासचिव पदम ढकाल र कोषाध्यक्ष लक्ष्मण न्यौपाने लगायतले उक्त अवसरमा पर्यटनबारे बोलेका थिए । पृथ्वी होटल व्यवसायी समितिका भ्रमण संयोजक विदुर ढुंगानाले ‘पोखरा जाऊँ प्रकृतिसँग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने मूल नारालाई आत्मसात गर्दै अयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त प्रवद्र्धनात्मक सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->