शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

युवा संघका अध्यक्ष थेबेको महत्वकांक्षी योजना: ३ बर्षमा ३ लाख उद्यमी र ३० लाख रोजगारी

युवा संघका अध्यक्ष थेबेको महत्वकांक्षी योजना: ३ बर्षमा ३ लाख उद्यमी र ३० लाख रोजगारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०८२, बुधबार

पोखरा / नेकपा एमाले निकट राष्ट्रिय युवा संघका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले अबको ३ वर्षमा ३ लाख उद्यमी जन्माएर ३० लाख युवालाई रोजगारी दिने महत्वकांक्षी लक्ष्य सार्वजानिक गरेका छन् । १०औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि बुधवार पोखरामा पत्रकार सम्मेलन गरी थेबेले युवाहरुलाई कसरी फ्रस्टेसनबाट बाहिर ल्याउन सकिन्छ भन्ने विषयमा बन्द शत्रमा छलफल भएको र ३ बर्षमा ३ लाख उद्यमी जन्माएर ३० लाख जनालाई रोजागरी दिने नीति पारित गरिएको बताए ।
‘आज देशमा सबैभन्दा धेरै युवाहरु फ्रस्टेसनको सिकार भएका छन् । नकारात्मकताको सिकार भएका छन् । यी कुरालाई कसरी सम्बोधन गरेर अगाडि बढ्ने ? कसरी मेन्टल डिप्रेसनबाट बाहिर ल्याउने भनेर विभिन्न कोणबाट छलफल गर्‍यौं’ उनले भने, ‘३ वर्षमा ३ लाख उद्यमी जन्माएर ३० लाख जनालाई रोजगारी दिने संकल्प पारित गरेका छौ ।’

यो महाधिवेशनले २० वर्षे गन्तब्य कार्यक्रम ल्याएको अध्यक्ष थेबेले बताए । ‘अबको २० वर्षपछि युवाको सोच्ने तरिका के हुन्छ ? त्यो अवस्थामा पुराउनका लागि युवाहरुलाई कस्तो कस्तो वातावरण क्रेट गरेर अगाडि बढ्नुपर्छ । कस्ता कस्ता पोलिसी निर्माण गर्नुपर्छ यी विषयहरु राखेका छौं,’ उनले भने ।

राजनीति जवाफदेहीका साथ अगाडि बढ्नुपर्ने उनले उदद्योष गरे । उनले भने, ‘यसलाई हामीले भनेका छौं । वर्तमान राजनीतिमा युवाहरु पुनर्जागरणका साथ अगाडि बढ्नुपर्छ र राजनीति जवाफदेहीका साथ अगाडि बढ्नुपर्छ । सही निकास यसले मात्र निकाल्न सक्छ ।’

पोखरा सभागृहमा भएका मंगलबार सकिएको युवा संघको महाधिवेशनमा सुमन पुरीलाई १८८ मतले हराउँदै थेबे दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->