काठमाडौं/प्रभु हेली लिमिटेडले फ्रान्सको विश्व बिख्यात बायुयान निर्माता कम्पनी एयरवसद्वारा निर्मित नयाँ हेलिकोप्टर थपेको छ । नेपालको हेलिकोप्टर सेवा क्षेत्रमा अग्रणी र विश्वासिलो सेवा प्रदायकको रूपमा स्थापित प्रभु हेलि लिमिटेडले कल साइन ९एन‑एएनटी रहेको एयरवसको एच १२५ हेलिकोप्टर थपेको हो ।
एयरवसको एच १२५ हेलिकोप्टरले दुर्गम तथा उच्च भूभागमा सुरक्षित, भरपर्दो र प्रभावकारी सेवा पु¥याउन उत्कृष्ट भएकाले सो हेलिकप्टर खरिद गरिएको प्रभु हेली लिमिटेडका अध्यक्ष सुभाष अमात्यले जानकारी दिए ।
अत्याधुनिक प्रविधि जडित यो एच १२५ (एएस ३५० वि ३ इ) हेलिकप्टरमा ५ यात्रु सिट क्षमता रहेको छ । एयरवस एच १२५ हेलिकोप्टर हाइ अल्टिच्युडमा उत्कृष्ट प्रदर्शन क्षमताका कारण विश्वभर अत्यन्तै बहुउपयोगी र सुरक्षित हेलिकप्टरको रूपमा परिचित छ ।
नयाँ हेलिकप्टर भित्र्याएसँगै प्रभु हेलीसँग दुईवटा एयरवस एच १२५ हेलिकोप्टर भएका छन् ।





