काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९ करोड र पुँजीगत ४ खर्ब ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए । चालु वर्षको तुलनामा १ खर्ब बढेको हो ।





