पोखरा / सरकारले ५ हजार महँगी भत्ता पुर्याउँदा थप १० अर्ब ८४ करोड रुपैयाँ भार परेको छ। चालू आर्थिक वर्षमा महँगी भत्तावापत् ६ अर्ब १७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा आगामी वर्ष १७ अर्ब १ करोड रुपैयाँ खर्च हुने भएको हो।
हाल सरकारले २ हजार महँगी भत्ता दिँदै आएकाे थियाे। कुल कर्मचारी भत्ताबापत १० अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा आगामी वर्ष २१ अर्ब ८७ करोड रुपैयाँ खर्च हुने भएको छ। चालू आर्थिक वर्षमा पारिश्रमिक १ खर्ब ५७ अर्ब रुपैयाँ हुने अनुमान गरिएकोमा १ खर्ब ८० अर्ब रुपैयाँ पुग्ने भएको हो।





