बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतका दुई युवा सगरमाथाको चुचुरोमा

पर्वतका दुई युवा सगरमाथाको चुचुरोमा

आरोहण भारतीय सेनाका तर्फबाट


  • संजय रेग्मी
  • जेष्ठ १७ २०८२, शनिबार

पर्वत/सम्भवतः इतिहासमै पहिलो पटक पर्वतमा जन्मिएका व्यक्तिले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

जिल्लाको हरेक गतिविधिमा चासो राख्ने केही व्यक्तिहरूलाई सगरमाथा आरोहणमा पर्वतको नाम रहे÷नरहेको बारेमा कुरा गर्दा उनीहरूले आरोहण गरेको सूचना आफूहरूसँग नरहेको बताएका छन् । यदि पर्वतमा जन्मिएका कोही पनि व्यक्तिले सगरमाथाको आरोहण नै गरेका छैनन् भने हालै जिल्लाका दुई युवाहरूले गरेको सगरमाथाको सफल आरोहण नै इतिहास बनेको छ ।

हाल भारतीय सेनामा कार्यरत रहेका जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारी घर भएका किरणबहादुर पिसी र फलेवास नगरपालिका–२ थापाठानास्थित खुमका अर्जुन थापा मगरले सगरमाथाको सफल आरोहण गरेर फर्किएका छन् । २०७४ सालमा भारतीय सेनामा भर्ती भएका कटुवाचौपारीका पिसी.ले भारतीय सेनाको रजत जयन्ती सगरमाथा अभियानको हिस्साका रूपमा सगरमाथाको आरोहण गरेका हुन् । किरणसहित भारतीय सेनाबाट आएका चार जना नेपालीसहित २२ जनाले एकै पटक सफल आरोहण गरेका छन् ।

फलेवासका अर्जुनले पनि सफल आरोहण गरी शुक्रवार आधार शिविरमा फिर्ता भएका छन् । उनीहरूले सगरमाथाको शिखरमा भारत र नेपालको झन्डा फहराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->