बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा पहिलोपटक साइकल र्याली, साथमा घोडा र्याली पनि

मुस्ताङमा पहिलोपटक साइकल र्याली, साथमा घोडा र्याली पनि


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८२, शनिबार

मुस्ताङ/  पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि मुस्ताङमा पहिलोपटक साइकल र्यालीको आयोजना गरिएको छ । साइकलसंगै घोडा र्याली पनि गरिएको थियो ।

घरपझोंग गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा शुक्रबार र्यालीको आयोजना गरिएको हो । र्यालीमा भारतको सिक्कीमदेखि देशका २४ जिल्लाका ८ वर्षदेखि ७५ वर्ष उमेरसम्मका ३ सय ३० जनाको सहभागिता रहेको थियो । सहभागीमध्ये केही विश्व साइकल यात्री र मेची महाकाली साइकल यात्री पनि थिए । विश्व साइकल यात्री अजित बराल, चर्चित ब्लगर सिसन बानियाँलगायत सहभागी थिए । जलवायु परिवर्तनले ल्याएको संकटले समग्र मानव सभ्यतामै प्रतिकुल असर पुराएको अवस्थामा गाउँपालिकाले आफ्ना सबै वडा र टोलमा र्यालीको आयोजना गरेको हो । घोडा र्यालीमा भने ३५ घोडा सहभागी थिए । र्यालीको दुरी २५ किलोमिटर थियो ।

र्यालीमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद बिकल तुलाचन, घरपझोंग गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन पनि पुरै समय साइकलमा सहभागी भएका थिए । र्यालीका सहभागी स्थानीय भेषभुषामा सजिएका थिए । सहभागीलाई गाउँपालिकाका ५ वटै वडाका जोमसोम, ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ र पृथाङ एअरपोर्टका आमा समुह, क्लब र स्थानीयले स्वागत गरेका थिए । उनीहरुलाई स्थानीय खाना र खाजाको व्यवस्था गरिएको थियो । मुस्ताङको पर्यटन पवद्र्धन र दुरदराजका गाउँलाई साइकल तथा घोडा र्यालीले चिनाउने लक्ष्य अनुसार कार्यक्रमको आयोजना गरिएको अध्यक्ष लालचनले बताए । साथै जलबायु परिवर्तनले पारेको असरका बारेमा सचेतना जगाउन पनि र्यालीको आयोजना गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->