शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

राइडरले बढी भाडा बार्गेनिङ गरे जानकारी दिनोस्ः प्रहरी

राइडरले बढी भाडा बार्गेनिङ गरे जानकारी दिनोस्ः प्रहरी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०८२, सोमबार

काठमाडौं / राइड सेयरिङ एपमार्फत यात्रीसित बाढी भाडा नलिन प्रहरीले चालकलाई सचेत गराएको छ । चालकले यस्तो गरेको पाइएमा जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । सोमबार (जेठ १९) बिहान एक सूचना जारी गर्दै प्रहरीले राइड सेयरिङ एपमार्फत यात्रीसित बढी भाडा लिने गरिएको गुनासो प्राप्त भएको जनाएको छ ।

त्यस्ता चालकले अफलाइन बार्गेनिङ पनि गर्ने गरेका छन् । यस्तो गरेको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ मा फोन गरी जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।  “विभिन्न राइड सेयरिङ एफमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको हुनाले राइडरहरूले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौँ,” प्रहरीको सूचनामा उल्लेख छ । सार्वजनिक यातायात व्यवसायी आफ्ना सवारीसाधन ग्यारेजमा थक्याएर आन्दोलनमा उत्रिएपछि धेरै सार्वसाधारणले राइड सेयरिङ एपलाई विकल्पका रूपमा छानेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->