पोखरा/पोखरा इन्टरनेटले नयाँ अफरको शुरुवात गरेको छ । अफर अन्तरर्गत आफ्नो साथीलाई रिफर गर्दा इन्टरनेट सेवा निशुल्क प्राप्त गर्न सकिने इन्टरनेटकी मार्केटिङ सहायकदीपा दुलालले जानकारी दिइन् ।
अफरको अन्तरर्गत कम्पनीको नियम अनुसार एक जना साथी सिफारिस गर्दा प्रयोगकर्ताले २ महिनाको निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै ५ जना साथीहरू सिफारिस गर्दा भने पुरै १ वर्षको निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सकिने एसिस्टेन दुलालले उल्लेख गरिन् ।





