बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

युवा संघ पर्वतमा पुरानै कमिटीलाई निरन्तरता, पौडेलमाथि भएको आक्रमणको प्रतिवेदन बनाउन सर्कुलर

युवा संघ पर्वतमा पुरानै कमिटीलाई निरन्तरता, पौडेलमाथि भएको आक्रमणको प्रतिवेदन बनाउन सर्कुलर


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २३ २०८२, शुक्रबार

पाेखरा/ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्वतमा देखिएको विवाद समधान गरी अधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटीले शुक्रबार सर्कुलर पठाएको छ । साथै वैशाख २४ मा एमाले पार्टी कार्यालयमा युवा संघका पूर्वनेता तथा एमाले गण्डकी प्रदेश सदस्य अर्जुन पौडेल निर्जनमाथि भएको सांघातिक आक्रमण घटनाको पूर्ण विवरणसहितको प्रतिवेदन बनाउन पनि युवा संघ केन्द्रले भनेको छ ।

युवा संघ केन्द्रीय कमिटीले दुवै कामका लागि केन्द्रीय समितिका सचिव मदन भण्डारी र केन्द्रीय निर्वाचन आयोगका संयोजक मदन गिरीलाई जिम्मेवारी दिएको छ । विवाद उत्पन्न भएको बैशाख २४ गते अगावैको विरबहादुर थापा (बिनोद) नेतृत्वको कमिटीलाई नै अधिवेशन आयोजक कमिटिको रुपमा कायम गर्ने निर्णय गरेको छ । अव थापा नेतृतवकै जिल्ला कमिटीले अधिवेशन गर्नेछ ।

वैशाख २४ मा पार्टीका जिल्ला अध्यक्ष, उपाध्यक्ष र सचिव बसेर आशिष श्रेष्ठको अध्यक्षतामा युवा संघको नयाँ समिति बनाइएको थियो । युवा संघ भेलामा संगठनका अध्यक्ष र सचिवलाई समेत बाहिर राखेर उक्त समिति बनाइएको थियो । तर केन्द्रले विवादास्पद गतिविधिका कारण उक्त जिल्ला संगठनात्मक रुपमा पूर्णतः समस्याग्रस्त भएको, उक्त जिल्लाबाट महाधिवेशनमा प्रतिनिधिसमेत चयन गर्न असमर्थ रहेको र फेरी पनि संगठनात्मक गतिविधि संचालन गर्नसक्ने परिस्थिति नरहेको ठहर गरेको छ । यसैले समस्या समाधान गरी संगठनलाई चलायमान गर्न भन्दै युवा संघ केन्द्रले भण्डारी र गिरीलाई विधानमा व्यवस्था भए बमोजीमको समयभित्र अधिवेशन गर्नेगरी सहजीकरणको जिम्मा दिएर पठााएको हो ।
यसैगरी बैठकले बैशाख २४ मा एमाले पार्टी कार्यालयमा भएको झडपमा परी घाइते भएका युवासंघका पूर्वनेता तथा एमाले गण्डकी प्रदेश सदस्य अर्जुन पौडेलमाथि भएको सांघातिक आक्रमण घटनाको पूर्ण विवरणसहितको प्रतिवेदन केन्द्रलाई १५ दिनभित्र बुझाउन र सो बमोजिम घटनामा संलग्न दोषीउपर कारवाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ । उक्त दिन पार्टीको जिल्ला कमिटिको बलमा आयोजना गरिएको विस्तारित भेलामा झडप हुँदा पौडेल गम्भिर घाइते भएर हाल काठमाडौंमा उपचाररत छन् ।

युवा संघको दशौ महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पोखरामा यही जेठ १३ बसेको पहिलो बैठकले यो निर्णय गरेको र शुक्रबारमात्रै सर्कुलर जिल्लामा पठाएको युवा संघका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->