शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

टान गण्डकीको आयोजनामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम

टान गण्डकीको आयोजनामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २३ २०८२, शुक्रबार

पोखरा/ पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम संचालन हुने भएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको आयोजना गरिएको टान गण्डकीका द्वितीय उपाध्यक्ष एवं तालिम संयोजक मोहनप्रसाद सुवेदीले जानकारी दिए ।

तालिमका लागि दरखास्त आह्वान गरिएकोमा शुक्रबार भएको अन्तरबार्ताबाट ३ सय ५० जना छनोट भएको सुवेदीले बताए । तालिम पोखरा–६ मा रहेको बाराही माध्यामिक विदालयमा हुने छ ।  धेरै युवाहरु ट्रेकिङ पेसामा लाग्न चाहेको र पर्यटन क्षेत्रमा पनि जनशक्ती आवश्यक भएकाले तालिमको आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘कोरोनापछि दक्ष जनशक्ती विदेशीएको र जनशक्ती अभाव भएको थियो, अहिले पर्यटन चलायमान भएको छ जनशक्ती पनि आवश्यक छ, आचार्यले भनेर्, पोखरालाई भ्रमण वर्ष–२०२५ घोषणा गरिरहदाँ यहाँ हुने विभिन्न गतिबिधिमा समेत बढ्ने र दक्ष जनशक्तीको पनि आवश्यक हुने छ ।’

यही जेठ २६ गतेबाट तालिम सुरु हुने छ । ट्रेकिङ गाइडका लागि २५ दिन र र ट्रेकिङ पोटर गाइडको लागि १५ दिन तालिम दिइने टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौलाले बताए । टान गण्डकीले वार्षिक रुपमा यस्ता तालिम संचालन गदै आएको सह–सचिव भूपेन्द्रकुमार लामाले बताए । हालसम्म यस्ता तालिमबाट २७ सय भन्दा बढि दक्ष जनशक्ती उत्पादन भइसकेको लामाले जानकारी दिए । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड र प्रदेश सरकारको सहयोगमा तालिमको आयोजना गर्न लागिएको टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->